शरीरमा कम ऊर्जा महसुस गर्नुका पछाडि यस्ता छन् कारण

गुगलपाटी संवाददाता एजेन्सी
३१ श्रावण २०७६ १०:१७

धेरै मानिसहरुमा समयमा सुत्ने, शारीरिक अभ्यास गर्ने, ठीक समयमा खाने लगायत स्वस्थ जीवनशैल अपनाएपनि हरेक समय शरीरले ऊर्जा नै नभएको जस्तो महसुस गर्ने गर्दछ । विज्ञहरुका अनुसार विश्वका दश मध्ये एकजनामा यस्तो समस्या हुने गदर्छ जब शरीरले हरेक क्षण कमजोर र थाकेको जस्तो मात्र महसुस गर्छ । यसरी कम ऊर्जा स्तर हुनुका पछाडि थुप्रै वैज्ञानिक कारणहरु हुन्छन् ।

प्रायः धेरै मानिसमा शरीरलाई सन्तुलनमा राख्ने एड्रनलाइन ग्लान्डले पर्याप्त हर्मोन निस्क्रिय नगर्दा यस्तो हुने गर्दछ । त्यसैले ‘एड्रिनलाइन फेटिग’ का कारण शरीरले सन्तुलनमा रहन लगातार संघर्ष गरिरहनुपर्छ जसकारण गुलियो वा नुनिलो खान मन लाग्ने, थकान महसुस भइरहने जस्तो हुने गर्दछ ।

त्यस्तै भिटमिन बी१२ को कमीका कारण पनि शरीरमा ऊर्जा नभएको जस्तो हुने गर्दछ । बी १२ ले हाम्रो मस्तिष्कलाई राम्ररी काम गर्न सहायता गरिरहेको हुन्छ र ‘रेड ब्लड सेल’ निर्माणलाई पनि बढावा दिइरहेको हुन्छ । त्यसैले बी १२ अपर्याप्त हुनुले हामीलाई कमजोर र थकित गराउन सक्छ । यसरी रगतमा रेड ब्लड सेलको उत्पादन अवरुद्ध हुँदा नतिजा स्वरुप ‘हेमोग्लोबिन’ को स्तर कम हुन जान्छ । जसकारण कमजोरी, टाउको दुख्ने, रिंगाटा लाग्ने लगायत एनिमियाका केही लक्षण देखिन्छ । त्यसैले आफ्नो डायटमा अन्डा, माछा, दूध लगायत कायम राख्ने गर्नुपर्छ । यसबाहेक चिकित्सकको सल्लाहमा बी १२ को चक्की पनि सेवन गर्न सकिन्छ ।

जतिखेरै थकित महसुस गर्नुको अर्को कारण हाम्रो मुखमा हुने फङ्गस, ‘केन्डिडा’ पनि हो जसले पोषक तत्वहरु सोस्न मद्दत गर्दछ भने विभिन्न किसिमको संक्रमण पनि गराउन सक्छ । डायटमा धेरै चिनी वा प्रोसेस गरिएको कार्बोहाइड्रेट, मधुमेह लगायत प्रतिरोघात्मक क्षमता कमजोर हुनुले यस्तो गराउँछ । त्यस्तै लामो समयसम्म दुःखी रहनु, तनावमा रहनाले पनि हामीमा खाना नरुच्ने समस्या गराउन सक्छ । कतिपय मानिस गम्भीर मानसिक तनावकै कारण कुनैपनि कुरामा ध्यान लगाउन सक्दैनन् र तिनमा आफूलाई हानि पुर्याउने किसिमको सोच विकास हुन्छ । यसले हाम्रो निद्रा चक्रमा असर गर्ने हुँदा हरेक क्षण थकाइ लाग्ने हुन्छ । तनावले शारीरिक स्वास्थ्यमा पनि उत्तिकै असर पारिरहेको हुन्छ ।

त्यस्तै कतिपय अवस्थामा हामीलाई थाहा नभइ शरीर गम्भीर रोगको शिकार भएको हुन सक्छ, जसले पनि ऊर्जाको स्तर कम गराइरहेको हुन्छ । जस्तै हेपटाइटिस, एचआइभी, दम, ल्युपस, क्यान्सर, ‘रेउमाटोइड आर्थिट्रिस’ लगायत रोगका कारण पनि हुन सक्छ । त्यस्तै मदिराले मात्र नभएर धेरै चिनीयुक्त खानेकुरा खानुले पनि हामीलाई नसा लागेको जस्तो हुन सक्छ र प्रतिरोघात्मक क्षमता कम हुनुले पनि शरीरलाई संवदनशील बनाउँछ । यसको लक्षण मान्छे अनुसार फरक हुन सक्छ जस्तै एकोरिने, मुड बदलिरहने, थकान आदि ।