कञ्चनपुरकी एक किशोरीमाथि सामुहिक बलात्कार, आरोपित दुईजना पक्राउ, तीन जना पक्राउ

गुगलपाटी संवाददाता कैलाली
१ भाद्र २०७६ ०६:३१

एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पकाउमा परेका छन् । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरी ५ जनाको समूहबाट शुक्रबार राति बलात्कृत भएको दाबी परिवार र स्थानीयले गरेका छन् ।

इलाका प्रहरी कार्यालय, झलारीका प्रमुख प्रहरी निरीक्षक नैन सिंह साउदले शुक्लाफाँटा नगरपालिका–९ कि किशोरी बलात्कृत भएको उजुरीपछि २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीले बलात्कारमा संलग्नको अभियोगमा शुक्लाफाँटा नगरपालिका–९ सिर्सैयाका १९ वर्षीय धीरेन्द्र थापा र सोही ठाउँकै भूपेश ऐरलाई स्थानीयको सहयोगमा पक्रेको हो । अभियोग लागेका अन्य ३ जना भने फरार छन् । उनीहरूको खोजी जारी राखेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक साउदले बताए ।