कुकुरको स्थायी बन्ध्याकरणका लागि शिविर !

गुगलपाटी संवाददाता मकवानपुर,२४ बैशाख
२४ बैशाख २०७५ ०७:१४

हेटौंडामा कुकुरको संख्यामा अत्यधिक बृद्धी भएपछी स्थायी बन्ध्याकरण गर्न सुरु गरिएको छ । कुकुरको संख्यामा बृद्धी हुन नदिनका लागि कुकुरको पोथी र भाले सहितलाई राखेर एक हस्ता सम्मको लामो शिबीर आजबाट हेटौंडामा सुरु भएको हो । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा पेट्स होम धरान, हार्ट पोखरा र जिल्ला पशुसेवा कार्यालय मकवानपुरको प्राबिधिक सहयोगमा छाडा रुपमा छोडिएका कुकुरको बन्ध्याकरण गर्न सुरु गरिएको हो । शिबीरको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले घरमा पालिएका भन्दा पनि बाहिर छोडिएका कुकुरहरुको संख्या धेरै बढ्दै गएकोले बन्ध्याकरण गर्न सुरु गरिएको बताउनुभयो ।

भाले र पोथी कुकुरको स्थायी बन्ध्याकरण गरेपछी सडकमा बाहिर छाडा छा्डिएका कुकुरहरुको संख्या बृद्धी हुनबाट रोकिने भएकाले यो बिधी अपनाइएको मेयर महतले बताउनुभयो । कुकुरलाई जम्मा गरेर पुरै बेहोस बनाएर मानिशलाई जस्तैगरी सबै बिधी पु¥याएर ६ जना पशु डाक्टरको सक्रियतामा बन्ध्याकरण गर्न लागिएको हो । आज मात्र ४० वटा पोथी र भाले कुकुरको स्थायी बन्ध्याकरण गरेर जहाँबाट उठाएर ल्याइएको हो त्यही लगेर छोडिएको उपमहानगरपालिकाले जनाएको छ । कुकुरलाई बन्ध्याकरण गर्नुका साथै रेबिज खोप समेत लगाएर छोडिएको छ ।

शिबीरमा भाले कुकुरको अण्डकोष निकाल्ने र पोथी कुकुरको पाठेघर निकालेर फालिएको पेचहोमका संचालक शंकुकर्ण श्रेष्टले बताउनुभयो । हेटौंडाको समुदाय स्तरमा हिड्डुल गर्ने छाडा प्रकृतिका कुकुरलाई नियन्त्रणमा लिएर शिबीरमा ल्याइएको हो । आज स्थायी बन्ध्याकरण गरेका सबै कुकुरहरुलाई गलामा रातो बेल्ड लगाएर छोडिएको छ । यी कुकुरहरुबाट अरु बच्चा नजन्मने र रेबिज रोग पनि नलाग्ने पशुचिकीत्सकहरु बताउँछन् । कुकुरको स्थायी बन्ध्याकरण शिबीर भने यही बैशाख ३० गते सम्म हेटौंडाको पशुसेवा कार्यालयको हाताभित्रमा संचालन हुने छ । कुकुरलाई बिष खुवाएर बिगतका बर्षहरुमा उपमहानगरपालिकाले मार्ने गरेपनि यसबर्ष पशु अधिकारको रक्षा गर्दै कुकुरलाई पनि बन्ध्याकरण गर्न लागिएको हो ।