माधवकुमार नेपालको ७ बुँदे लिखित प्रस्ताव , ओलीले एक पद छाड्नुपर्ने माग
गुगलपाटी संवाददाता काठमाडौंनेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन् ।
सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति असहमत नेता नेपालले सातबुँदे नोट अफ डिसेन्ट मंगलबार दर्ता गराएका हुन्, जसमा एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वय देखि सबै ब्यक्तिमा लागु गरियोस् भनिएको छ ।