तस्बीरमा काश्मीरका दु:ख
गुगलपाटी संवाददाता काठमाडौंअवानी राय भारतको प्रख्यात फोटो जर्नालिष्ट र पद्यश्री विजेता रघु रायकी छोरी हुन्। उनी डकुमेन्ट्री फिल्ममेकर समेत हुन्। कश्मीरले उनलाई फोटो ग्राफर बनायो।
यी चार वर्षमा उनले कश्मीरका मानिसका दैनिकी र अनेकौं क्षणको क्यामेरा कैद गरेकी छन्।
हरेक वर्ष कश्मीरमा इद मनाइरहेकी उनी पछिल्लो घटनाबाट दुखी छन्।
नरेन्द्र मोदीको नेतृतवमा रहेको केन्द्र सरकारले संविधानको धारा ३७० खारेज गरेपछिको अवस्थामा उनी कश्मीर जान पाइनन्। त्यसको उनलाई धेरै दुख लागेको छ।
काश्मीरको बारेका एक किताबमा काम गरिरहेकी अवनी त्यहाँका मानिसहरुसँग घुलमिल थिइन्।
यही अवसरमा उनले भारतीयहरुको ध्यान आर्कषण गर्नका लागि एक विशेष फोटो प्रर्दशनी गरेकी छन्।जसमा काश्मीरीको दैनिक जिन्दगीको झलक देख्न पाइन्छ।
अवानीको यो फोटो प्रर्दशनी दक्षिण मुम्बइको कालाघोडास्थित मैथड आर्ट स्पेसमा रहेको छ। उनले आफ्नो कश्मीरसँग कु्नै पनि राजनीतिक लेनदेन नगरेको बताइन्।
उक्त क्षेत्रमा इन्टरनेट र अन्य आवाज आउन बन्द भएको र श्रीनगरबाट पत्रकारले सूचना दिनु परेको अवस्थामा विकट स्थानको अवस्था आउन नसकेको प्रति उनी दुखी छन्। उनले कश्मीरी जनतालाई आफ्नो भनाई राख्न दिनुपर्ने आफ्नो मान्यता रहेको बताएकी छन्।
स्रोत : बिबिसि