विरोधलाई दुष्प्रचार गरेको भन्दै २१० वटा युट्युब च्यानल बन्द
गुगलपाटी संवाददाता एजेन्सीगुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ ।
ती युट्यूब च्यानलहरुले आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको छ ।
केही हप्ताअघि मात्र ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा दिने केही खाताहरुलाई बन्द गरेको थियो ।
भिडियो सर्च इञ्जिन युट्यूबले पनि त्यही कदमलाई निरन्तरता दिएको हो । यद्दपि ती कम्पनीहरुको विपरीत गुगलले त्यस्ता असक्षम खाताहरुको पछाडि चिनियाँ सरकारको हात रहेको भन्दै युट्यूब च्यानलहरु बन्द गरेको हो ।
गुगलले राज्य नियन्त्रित मिडिया संगठन जस्तैः चिनियाँ प्रचारक, सिन्ह्वाको विज्ञापन बिक्रीमा रोक लगाउने योजना बनाएको हो भन्ने बारेमा पनि केही बताएको छैन ।