मकवानपुरको बकैँयामा कृषिउपज एवं तरकारी सङ्कलन केन्द्रको स्थापना

गुगलपाटी संवाददाता हेटौंडा
६ भाद्र २०७६ ११:४०

मकवानपुरको बकैँया गाउँपालिकामा कृषिउपज एवं तरकारी सङ्कलन केन्द्रको स्थापना गरिएको छ ।

कृषकलाई आफ्नो उत्पादन भण्डारण तथा बिक्री वितरणमा सहज बनाउन गाउँपालिकामा चिस्यान केन्द्र (कोल्ड स्टोर) सहितको कृषिउपज एवं तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको हो ।

गाउँपालिकाबाट रु  ८ लाख, बाल कल्याण समाजको सर्भे परियोजनाबाट रु १५ लाख र श्रमबाट रु.५ लाख गरि कुल २८ लाख लागतमा भवन निर्माण गरिएको हो ।

गाउँमा कृषिउपज सङ्कलन केन्द्र निर्माण भएपछि स्थानीय कृषकलाई आफ्ना उत्पादन बजारसम्म पु¥याउन झञ्जट नहुने तथा धेर थोर उत्पादन पनि केन्द्रले नै खरीद गरेर बिक्री वितरण गरिदिने गाउँपालिकाले बताएको छ ।

उक्त केन्द्रमा एक कोल्ड स्टोर, एक स्टोर हल र अर्को डिजिटल लाइब्रेरी सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ ।