युवाको विषयमा हेटौंडामा सेमिनार

गुगलपाटी संवाददाता
७ भाद्र २०७६ १३:४९

मकवानपुर: लियो युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले मकवानपुरको हेटौंडामा नेतृत्व विकास तथा समाजप्रति युवाको भुमिका विषयक एक दिने सेमिनार सम्पन्न गरेको छ । युवाहरुमा रहेको क्षमताको विकास र समुदायको विकासमा युवाको नेतृत्व कायम गर्नको लागि सेमिनारको आयोजना गरिएको कार्यक्रमको संयोजक तथा लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्ष रुपक कालिराजले बताउनु भयो ।

नयाँ लियो सदस्य तथा नयाँ पुस्ताको नेतृत्वले समुदायको विकासमा टेवा पु¥याउने उद्देश्यले लायन्स क्लव अफ हेटौडा भुटनदेवि तथा लियो क्लव अफ हेटौडा भुटनदेविले संयुक्त आयोजना भएको हो ।

कार्यक्रममा मकवानपुरको हेटौडा, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका र बागमती गाउँपालिकाका गरि २७ जना लियो युवा÷युवतीको सहभागिता रहेको थियो । कार्यक्रम पश्चात सिकेका कुरालाई व्यवहारमा उतार्ने भन्दै युवाहरुले एक दिनको नेतृत्व विकास सेमिनार निकै छोटो भएको भन्दै आगामी दिनमा पनि थप सेमिनारको व्यवस्था गर्न माग गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेको लायन्स जिल्ला परिषद् ३२५ बि २ नेपालका डिष्ट्रिक चिफ एडभाइजर लायन राम श्रेष्ठले समाज परिवर्तनको लागि लियाले खेलेको भुमिका सह्रानिय रहेको भन्दै नेतृत्वको सेमिनारहरु आवश्यक रहेको बताएका छन् ।

लियो नेतृव्व तथा समाजप्रति युवाको भुमिका विषयक सेमिनारका विशिष्ट अथिति तथा प्रशिक्षक अरुणराज सुमाग्र्रीले युवाहरु देश विकाससँगै नेतृत्व लिन अग्रसर हुनु पर्ने वताएका थिए । उनले अहिलेका युवाहरुलाई नेतृत्व विकास तालिम दिन आवश्यक रहेको र यति छोटो समयमै सबै कुरा बताउन नसकिने भन्दै यस्ता कार्यक्रममा थप आयोजना गर्न आयोजकलाई आग्रह समेत गरेका थिए ।

अर्का विशिष्टि अथिति,प्रशिक्षक तथा मामाघर नेपालका संरक्षण अर्पण पराजुलीले मामाघर नेपाल कसरी जन्म भयो, कसरी अगाडि बढ्दै छ र यसबाट सिकेका अनुभवहरुबारे सबै सहभागिहरुलाई जानकारी गराउदै युवाहरु लक्ष्य सँगै योजना बनाएर अगाडि बढ्नको लागि आग्रह गर्नु भयो । समाज परिवर्तनमा युवाहरुको भुमिका अहम रहेको भन्दै उनीहरुले नेतृव्व विकास गर्न आवश्यक रहेको वताए ।

लायन्स जिल्ला परिषद् ३२५ बि २ नेपालका रिजन चिर्यस प्रसन अंकिता सुमाग्र्रीले समाज परिर्वतन गर्ने युवाहरु नै भएको भन्दै समाजमा नयाँ नयाँ कार्य गर्दै जानुपर्नेमा जोड दिनु भयो ।

अर्का लियोका संरक्षक तथा यूथ मोटिभेटर तारानाथ धमालले लियोमा सिक्ने अवसर रहेको भन्दै समाजलाई चाहिने जनशंक्ति उत्पादनमा लियोले भुमिका खेलिरहेको बताउनु भयो । उनले लिडर बन्नको लागि आफुमा गर्न सक्छु भन्ने आत्मबल हुन जरुरी रहेको बताउनु भयो । लियोले धेरै कुरा सिकाएको भन्दै नेतृत्व विकास गर्नको लागि लियोमा ठुलो अवसर रहेको बताउनु भयो ।

त्यस्तै प्रशिक्षक तथा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका जिल्ला निर्देशक अनिल अधिकारीले लियोको इतिहाँस, लियोले गरिरहेका कार्यको बारेमा प्रष्ट पार्नुको साथै युवाहरुलाई सहि मार्गमा लैजानको लागि नेतृत्व विकास आवश्यक रहेको र नेतृत्व विकास गर्न जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै लियो जिल्ला परिषद् ३२५ बि २ का जिल्ला टेलट्वीस्टर राजन श्रेष्ठले यस्तो कार्यक्रम सबै युवाहरुमा जरुरी रहेको भन्दै अगामी दिनमा समेत यस्ता कार्यक्रमहरुमा जिल्ला परिषद्ले सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष तथा लायन्स क्लव अफ हेटौडा भुटनदेविको अध्यक्ष सिता श्रेष्ठले क्रमिक रुपमा युवाहरुको विकासका लागि नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरिने बताए । लियो क्लव अफ हेटौडा भुटनदेविको सचिव रिजन सापकोटाले कार्यक्रम संचालन गर्नु भएको थियो ।