एनसेल कर छलीको विषयमा ज्ञापन पत्र
गुगलपाटी संवाददाताहेटौंडा: समाजवादी युवा संघ जिल्ला समन्वय समिति, मकवानपुरले प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सर्वाेच्च अदालतको बृहत ईजलासले गरेको एनसेल आयकरसम्बन्धि विवादको अन्तिम निर्णयसँगै नेपाल सरकारले पाउनुपर्ने अरबौ रकम बराबरको राजश्व गुमेको भन्दै संघले बुधबार प्रजिअमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।
‘स्वीडेनको टेलियासोनेराले १४४ अर्बमा मलेसियाको आजियाटालाई ८० प्रतिशत शेयर बिक्रिवापत ६१ अर्ब रुपैँया कर तिर्नुपर्ने निर्णय ठूला करदाता कार्यालयले एनसेल र टेलियासोनेराको नाममा गरिसकेकोमा निर्धारित कर नतिरी टेलियासोनेरा नेपालबाट भाग्न सफल हुनु शंकास्पद छ ।
लाभकर, सेयर बेच्ने कम्पनी टेलियासोनेराले तिर्ने वा सेयर किन्ने कम्पनी आजियाटाले तिर्नेमा विवाद भएपनि राज्यले पाउनुपर्ने ६१ अर्ब रकममा विवाद नभएको र कस्ले तिर्ने भन्ने विवादबिच २०७५ माघ २३ गते सर्वोच्च अदालतको पूर्ण इजलासले लाभ कर तिर्ने दायित्व आजियाटा एनसेल कै भएको निर्णय भएकोमा निर्धारित ६२ अर्ब भन्दा कम आयकर तिर्नुपर्ने गरि भएको सर्वोच्चको भदौ ९ गतेको निर्णयले अरबौको राजश्व गुमेको संगठनको ठहर छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।