शालिकराम आत्महत्या प्रकरणः रविसहित तीन जना अदालत उपस्थित हुँदै
गुगलपाटी संवाददाता चितवनपत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ।
रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताएका छन् ।
रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदालतले आदेश दिएको थियो।
उनीहरुलाई आत्महत्या दुरुत्साहनको आरोप लागेको छ। दुरुत्साहन आरोपमा पक्राउ परेका रविलाई ५ लाख, युवराजलाई ३ लाख रुपवैयाँ र अस्मिता सादा तारेखमा गत भदौ ९ मा रिहा गरेको थियो।
आत्महत्या दुरुत्साहनको आरोप लागेपछि तीनैजनालाई गत साउन ३० मा काठमाडौंबाट पक्राउ गरी चितवन ल्याएको थियो।