बझाङको वडा कार्यालयमा आगजनी
गुगलपाटी संवाददाता डोटीबझाङको केदारस्युँ गाँउपालिका-७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
शनिबार राति वडा कार्यालयमा आगजनी भएको गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले जानकारी दिइन् । आगजनीबाट वडा कार्यालयमा रहेका सामान तथा कागजपत्रहरु जलेका छन् ।
आगजनी कस्ले गरेको हो भन्नेबारे खुलेको छैन । घटनास्थलसम्म रायल प्रहरी चौकीबाट टोली प्ररिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमले जानकारी दिए ।
प्रहरी टोली पुगेपछि मात्र आगजनीबारे यथार्थ खुल्ने उनले बताए । वडाकार्यालय पुग्न करिब चार पाँच घण्टाको पैदल हिँड्नु पर्छ ।
गत बुधबार राति बाजुराको जगन्नाथ गाउँपालिका-३ को कार्यालयमा पनि आगजनी भएको थियो ।