वर्षेनी ननाचे जहाँ किशोरीहरुको मृत्यू हुन्छ
गुगलपाटी संवाददाता मकवानपुरमध्याह्नको चर्को गर्मी। वरिपरि छाता ओढ्नेको भीडका बीच सातजना किशोरी बिहानैदेखि नाचिरहेका थिए। जात्रा भर्न आएका प्रायः सबैको ध्यान ती किशोरीको नाचले तानिरहेको थियो। आँखा नखोली एउटै शैलीमा १८ घन्टासम्म लगातार नाचिने घाटुु नाच तामाङ समुुदायले मकवानपुुरको कैलाश–२ वैकुुण्ठमा नाच्ने गर्छन्।
विधिपूर्वक बिहान १० बजेबाट नाच्न सुुरु गरेकी कौशिला थिङको अनुुहारमा राति १२ बजे पनि थकान देखिँदैनथ्यो। पहिलो पटक घाटुु नचेकी १३ वर्षीया कौशिकाजस्तै अन्य ६ जनाले किशोरी पनि गुुरुमाले गाएको गीतको लयमा आफूलाई नचाइरहे।
घाटुुसरी किशोरीहरू सिंगारपटार गरेर जात्रा चौरमा आएपछि गुुरुमाहरूले विभिन्न देवीदेवताको नाम लिँदै पश्चिमे भाकामा घाटुु गाउन थाले। केही समयपछि किशोरीहरू आफैं झुुल्दै आँखा बन्द गरेर करिब २० मिनेट भुुइँमा झुुले। गुुरुमाहरूको गीतको तालमा हाउभाउ प्रस्तुुत गर्दै उठेर नाच्न थाल्दा बिहानीको करिब साढे १० बजेको थियो।
गीतकै तामालमा घोडा कुुदाएको, लडाइँ गरेको, रोपाइँ गरेको, ढकिया बुुनेको, राजारानीको विवाह गरेको दृश्यले जात्रालुुको ध्यान खिचेको थियो। उक्त नृत्य वैशाख पूर्णिमाको भोलिपल्ट देखाइन्छ।
घाटुको कथा
हिन्दुु धर्मबाट प्रभावित उक्त नाचमा राजा पर्शुुराम र रानी यमवतीको कथा गीत र नाचमा उतारिन्छ। राजा यलम्बरको मृत्युपछि रानी सती गएको पनि नृत्यमा देखाइन्छ। राजारानीको सतगत गरेको चौतारो नजिक एक बटुुवाले सतीको गीत गाउँदा पुुनः राजारानी ब्युुँतिएर राजकाजमा फर्केको कथा छ। अन्त्यमा राजारानीको देउराली बनाएर नाचमा प्रयोग भएका सबै सामग्री चढाएर फर्कने गरिन्छ।
तामाङ गाउँमा गुुरुङ संस्कृति
गुुरुङ संस्कृतिमा रहेको घाटुु नाच तामाङ समुुदायले नाच्ने गरेको घटना बिरलै हो। तर मकवानपुुरको कैलाश गाउँपालिका— २ स्थित वैकुुण्ठमा पुुस्तौंदेखि यो नाच देखाइँदै आएको छ। आजभन्दा करिब तीन सय वर्षअघि पश्चिम नेपालबाट वैकुुण्ठमा घाटुुनाच भित्रिएको स्थानीयको अनुुमान छ। ‘हाम्रो गाउँ बसेको करिब पाँच सय वर्ष भएको अनुुमान छ’, दुुई नम्बर वडाध्यक्ष राजेन्द्र घिसिङले भने, ‘तीन सय वर्ष पहिला हाम्रा पुुर्खाहरू पश्चिम नेपालमा काम गर्न जाँदा सिकेर गाउँमा घाटुु नाच भिœयाएका हुुन्।’
धार्मिक मान्यता
गाउँमा धमाधम अविवाहित केटीहरूको ज्यान जान थालेपछि तामाङ पुुर्खाहरूले घाटुु नाच नाच्न थालेको विश्वास छ। सिमे, भूमि र रिसाएका देवीदेवता फकाउँदै अविवाहित किशोरी नाच्दा अकालमा नै ज्यान जाने क्रम रोकिएको धार्मिक मान्यता छ। ‘नयाँ पुुस्ताले घाटुु नाचलाई निरन्तरता दिन नसक्दा केही वर्ष नाच रोकियो’, स्थानीय सरस्वती निमाविका प्रधानध्यापक लक्ष्मी घिसिङले भने, ‘घाटुु ननाच्दा गाउँमा पुुनः अप्रिय घटना देखिन थालेपछि हामीले निरन्तरता दिइरहेका छौं।’
गाउँमा अनिष्ट हुुने चिन्ता
घाटुु नाचको गीत गाउँदै आएकी कृष्णमाया तामाङ ७० वर्षकी भइन्। १३ वर्षको उमेरमा घाटुु नाचेकी कृष्णमाया विगत ५० वर्षदेखि घाटुु गीत गाउँदै आएकी छन्। उनीभन्दा अघिल्लो पुुस्ताका गुुरुमाहरूको मृत्युु भइसक्यो। नयाँ पुुस्ता गीत र नृत्य सिक्न चाहँदैनन्। उनले भने, ‘नयाँ पुुस्ताले सिक्ने चाहना नगर्दा यो लोप हुुने अवस्थामा पुुगेको छ।’ लामो समय अभ्यास र एक पटक नाचेपछि तीन वर्षसम्म लगातार नाच्नुुपर्ने भएकाले नाच्ने केटीहरू पनि पाउन छाडेको छ। अर्कीे ग्ुुुुरुमा कान्छीमाया घलानले भनिन्, ‘१३ जनासम्म नाच्ने केटीहरू हुुन्थ्यो। यस वर्ष जम्मा सातजनालाई नचाएका छौं।’
गीतको उठानदेखि अन्त्यसम्म कुुनै पनि शब्द नबिराई गाउनुुपर्ने भएकाले नयाँ पुुस्तालाई सिक्न पनि समस्या भएको सिकारु गुुरुआमा यासिका घिसिङले बताइन्। ‘कथाको कुुनै पनि अंश छुुट्यो भने आफैं काम्न थाल्ने, बेहोस हुुने हुुन्छ’, उनले भनिन्, ‘नाच्दा पनि कुुनै पनि गीतको लयमा नाच बिग्रियो भने आफैं बेहोस हुुने गरेका छन्।’
दुुई वर्षदेखि लगातार घाटुु नाच्दै आएकी १४ वर्षीया सुुनिता मोक्तान घाटुु नाच्न थालेपछि घाम, पानी, हावा, हुुरी आए पनि गीत नसकिएसम्म एकोहोरो हुुने गरेको अनुुभव सुुनाउँछिन्। ‘घाटुु झुुल्न थालेपछि गीतको कथामा मात्र ध्यान जान्छ,जति लामो सयम नाचे पनि थकाइ लाग्दैन, चाहेर पनि आँखा खोल्न सक्दैनौं’, उनले भनिन्, ‘सबै कथा सकिएपछि राजारानीको देउराली नजिक रहेको सात डोरा काँचो धागो छिनालेर अघि बढेपछि मात्र आँखा खुुल्छ।’
पर्यटनसँग जोड्ने सपना
करिब दुुई हजार फिट उचाइमा रहेको वैकुुण्ठबाट माछापुुच्छ्रे, गणेश, धौलागिरिलगायत एक दर्जन हिमाल देख्न सकिन्छ। त्रिभुुवन राजपथअन्तर्गत पालुुङबाट वैकुुण्ठसम्म करिब ३७ किलोमिर ट्र्याक खोलिएको छ। वैकुुण्ठ डाँडामा बाह्रैमहिना नसुुक्ने विष्णुु कुुण्ड र करिब एक घन्टाको दूरीमा रहेको त्यसको फेदीमा पाँचवटा दरबार रहेको महादेव गुुफा छ।
ट्र्याकको बीचमा पर्ने बोल्ने लेकमा मात्र करिब आठ सय प्रजातिका जडीबुुटी पाइने स्थानीय बताउँछन्। चिसो हावापानी र मनोरम दृश्यावलोकन गर्न सकिने वैकुुण्ठमा होम स्टे सञ्चालन गर्ने स्थानीयको तयारी छ। ‘होम स्टे सञ्चालन गरी गाउँमा आएका पाहुुनालाई घाटुु नाच देखाउने पनि योजना छ’, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले भने, ‘त्यसको लागि सडक स्तरीकरण र घाटुु नाचको संरक्षमा गाउँपालिकाले काम गरिरहेको छ।’
अन्नपूर्ण पोष्टबाट