रिलायन्स सिमेन्टका कर्मचारीको ६ लाख लुटियो
गुगलपाटी संवाददाता बुटवलरिलायन्स सिमेन्ट कम्पनी एक कर्मचारी लुटिएका छन् । भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका हुन् ।
रुपन्देही प्रहरीका अनुसार दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसअघि गत भदौ २९ गते अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षीय महेन्द्र कुर्मीको गोली प्रहार गरी ५ लाख रुपैयाँ लुटिएको थियो ।