पत्रकार महासंघ प्रदेश तीनका कार्यसमितिले लिए सपथ

गुगलपाटी संवाददाता हेटौंडा, बैशाख २६
२६ बैशाख २०७५ १३:१४

नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेश कार्यमितिले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । हेटौंडामा एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पद तथा गोपनीयतको सथप खुवाएका हुन् ।
गत वैशाख २२ गते भएको निर्वाचनबाट नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेश कमिटिको अध्यक्षमा प्रताप विष्ट निर्वाचित भएका थिए । यस अघि नै प्रदेश तीन महासंघको उपाध्यक्षमा काभ्रेका यदु गौतम, मकवानपुरकी नानीमैया कार्की र महासचिवमा मकवानपुरका कृष्ण सारु मगर निर्विरोध निर्वाचित भएका थिए ।
साथै सचिवमा सिन्धुलीका राजन गाउँले र काभ्रेका सुरेश प्रसाद हुमागाई, कोषाध्यक्षमा धादिङका सिताराम अधिकारी लगायत १४ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद
पद तथा गोपनीयताको सपथग्रहणपछि बसेको नपाल पत्रकार महासंघ तीन नम्बर प्रदेश कमिटिको पहिलो बैठकले निर्वाचन गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले नेपाल पत्रकार महासंघ, केन्द्रीय निर्वाचन समिति, नेपाल पत्रकार महासंघ मकवानपुर सहित दश जिल्ला समिति र निर्वाचन समितिहरु, सहयोगी तथा सम्पूर्ण मतदाताहरुमा आभार सहित धन्यवाद ज्ञापन गरेको हो ।
प्रदेश महासंघका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा बसेको बैठकले आगमी बैठक एक महिनाभित्र काभ्रेमा गर्ने निर्णय गरेको छ । उक्त बैठकले कार्ययोजना बनाएर अघि बढ्ने अध्यक्ष विष्टले बताए ।
बैठकमा बोल्दै महासंघका केन्द्रीय महासचिव रमेश विष्टले प्रदेश महासंघलाई विधानले अधिकार सम्पन्न बनाएको भन्दै श्रमजिवी पत्रकारहरुको पक्षमा दृढताका साथ अघि बढ्न शुभकामना ब्यक्त गरे ।
प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल,हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत लगायतको उपस्थिती रहेको थियो ।