१२ औ वर्षमा सिआईटी, आइटी कलेज खोल्ने तयारी

गुगलपाटी संवाददाता
१५ आश्विन २०७६ १३:२५

हेटौंडाः प्रदेश ३ को राजधानी हेटौंडाबाट संचालित कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (सिआईटि) १२ औं वर्षमा प्रवेश गरेको छ ।
सिआईटिले बुधबार वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको मै चाडपर्वको अवसर समेत परेको हुँदा शुभकामना आदानप्रदान पनि गरेको छ । नेपाल टेलिकम हेटौंडाका बरिष्ट इन्जिनियर दिलिप कुमार वर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिआईटिका प्रवन्ध निर्देशक दिनेश रिजालले ११ बर्षसम्म हेटौंडामा रहेर कम्पुटर र आइटी क्षेत्रमा गरिएको गतिविधि र भावी योजनाका बारे बताएका थिए ।

प्रदेश ३ को राजधानी हेटौंडामा अव छिट्टै नै आइटी कलेज स्थापना गरिने रिजालले बताएका छन । पोखरा युनिभर्सिटीबाट मान्यता लिएर हेटौंडामा आइटी कलेजको स्थापना गर्ने तयारी भइरहेको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि वर्माले डिजिटल नेपाल बनाउनका लागि सबै लाग्नुपर्ने बताए हेटौंडामा पनि आइटी क्षेत्रले निकै फड्को मारेकाले अब झन् यस संग सम्बन्धित जनशक्ति उत्पादनको खाँचो रहेको उनले बताए ।
संस्थाका अध्यक्ष रमेश रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, शिक्षा सेवी देव श्रेष्ठ, क्यान महासंघ मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनी लगाएको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा सिआईटीले मंगलबार हेटौंडा–१० गारेक्षेश्वर स्थित संस्कृत वेद विद्यालयमा खाद्यान्न समेत वितरण गरेको थियो ।