चलचित्र निर्माणमा जुटे थाहा नगरका युवाहरु
गुगलपाटी संवाददाता रुकप कालिराज,थाहानगर
मकवानपुरको उत्तरी थाहा नगरपालिका उपप्रमुख खड्क गोपालीले समाजलाई परिवर्तनको बाटोमा डो¥याउन सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताएका छन् । थाहा कला केन्द्रले निमार्ण गर्न लागेको पहिलो नेपाली कथानक चलचित्र परिवर्तित मनको सम्बाहक ‘कल्चर’को शुभमुहर्त कार्यक्रममा बोल्दै उनले चलचित्रले समाज परिवर्तन गर्नमा नयाँ आयम थप्ने विश्वास लिएको बताए ।
कला केन्द्रको विगत देखि नै समाजमा हित हुने खालका कार्यक्रम तथा सामाजिक कार्य गरिरहेको स्मरण गर्दै उनले भने, ‘कला र संस्कृतिको माध्यमबाट थाहानगरको समग्र पर्यटन प्रर्बद्धनमा ठुलो सहयोग पुग्ने मैले विश्वास लिएको छु् ।’ केन्द्रले देखाएको ईच्छाशक्ति र जागरुकतामा थाहा नगरपालिकाले सदैव साथ सहयोग गर्न तयार रहेको बताए ।
समाजमा सकारात्मक विकास, सामाजिक सचेतना अभिबृद्धि गर्नेे खालको चलचित्र निर्माण तर्फ लागिरहेको थाहा कला केन्द्रका अध्यक्ष तथा फिल्मका निर्देशक सानोबाबु मोक्तानले बताए । थाहा कला केन्द्रका अध्यक्ष तथा फिल्मका निर्देशक सानोबाबु मोक्तानले भने, ‘चलचित्रमा मानिस कसरी आत्मा हत्या गर्न सम्म पुग्छन् र यसको न्यूनिरकण गर्नको लागि चालेका प्रयासलाई आधार बनाई पर्दामा उर्तानेछौँ ।’
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेर कला र संस्कृति संरक्षणमा जुटिरहेको थाहा कला केन्द्रले निर्माण गर्ने चलचित्र र्दशकलाई मनोरंजनको साथसाथै प्रेरणा, आशा र उर्जा दिन सफल हुने आशा समेत लिएको मोक्तानको भनाई छ ।
चललिचत्रको छायांकन थाहा नगरपालिकाको रमणीय ठाउँ भाङखोरिया (कोटथुम्की) बाट सुरु भएको निर्देशक मोक्तानले बताए । उनले भने, ‘समग्र मकवानपुरको ऐतिहाँसिक तथा पर्यटिकय क्षेत्रहरुलाई केन्द्र विन्दुमा राखेर कल्चरको छायाँकन हुनेछ ।’ यो फिल्म समाजको कुना–कुनामा सबैको पहुँच पुग्ने गरि चलचित्रलाई प्रदर्शन गरिने जनाएको छ ।
चलचित्रमा रिता मगरले कार्यकारी निर्देशकको भूमिका निर्वाह गर्र्दैछिन् । यसैगरि साँगीतिक तर्फ मुक्तिनाथ उप्रेती र बिवेक पाख्रिनले भुमिका निवार्ह गर्नेछन् । असोज सम्ममा सक्ने गरि छायाँकन सुरु गर्ने जनाएको छ ।
फिल्ममा कलाकारहरु विना मुक्तान, विनित रायमाझी, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, मनोज तितुङ, शार्मिला स्याङ्तान, उर्मिला स्याङ्तान लगायत अभिनय गर्दैछन् ।
चलचित्रको छायाँकन भने श्याम गौतमले गर्दैछन् । चलचित्रलाई सुनौलो बिहानी युवाक्लब र सर्वनाम थिएटरका सगुन तामाङको विशेष सहयोग रहनेछ । लाभा मिडिया प्रा.लिद्वारा थाहा कला केन्द्रको प्रस्तुतीको रुपमा रहेको चलचित्र ‘कल्चर’ को बैशाख २६ गतेबाट शुभमुहर्त भएको हो । कार्यक्रका अतिथिहरुले कला केन्द्रले गरेको योगदानको विषयमा चर्चा गर्दै चलचित्रको सफलताको कामना सहित शुभकामना व्यक्त गरेका थिए ।