प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा मकवानपुरका दाहाल

गुगलपाटी संवाददाता
४ मंसिर २०७६ १२:४७

हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओलीको कानुनी सल्लाहकारमा मकवानपुरका अधिवक्ता वावुराम दाहाल नियुक्त भएका छन् । कार्तिक २९ गते बसेको मन्त्रीपरिषद बैठकले हेटौँडा उपमहानगरपालिका हटिया घर भएका दाहाललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो । तत्कालिन नेकपा एमालेका निर्वाचन विभाग सचिव समेत रहिसकेका दाहाल १९ वर्षदेखि कानुनी पेशामा आवद्ध भएर काम गरिरहेका छन् । दाहाल २०६१ साल देखि काठमाडौंमा वसेर वकालतको काम गर्दै आएका छन् ।
निर्णय भएको ६ दिन पछी बुधबार दाहाले नियुक्तिपत्र आज लिएको अधिवक्ता समेत रहेका उनका भाई मदन दाहालले जानकारी दिएका छन् । कानूनी सल्लाहकारको रुपमा नियुक्त दाहालले सरकारी तलव भने नलिने बताएका छन् । तत्कालीन नेकपा एमाले र माओबादी पार्टी एक भएपछी नेकपा पार्टी दर्ता देखि सवै काम उनले गर्दै आएका छन् । सार्वजनिक खरिद विज्ञका रुपमा परिचित दाहाल कानूनी पेसामा लाग्नुभन्दा पहिले निजामती सेवामा काम गरेर संगठनको अध्यक्षका रुपमा मकवानपुरमा रहेका थिए । दाहालले यसअघिको संविधान दिवस २०७६ का अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रवल चौथो जनसेवाश्री प्राप्त गरेका थिए ।