तीन दिने खाना महोत्सव सुरु

गुगलपाटी संवाददाता
११ पुष २०७६ १३:२४

सडकमा जा‌औँ, सडकमै खाउँ, सडकमै रमाउँ भन्ने नाराका साथ हेटौँडामा नवौ‌ सडक खाना महोत्सवको शुभारम्भ भएको छ ।महोत्सवको शुक्रवार एक कार्यक्रमका बीच ३ नम्बर प्रदेशका पर्यटन मन्त्री अरुण नेपालले उद्घाटन गर्नुभएको छ ।

हाम्रो सेवा पर्यटनलाई टेवा भन्ने मुल नाराका साथ नेपाल भ्रमण वर्ष २०२० समेतको प्रवर्द्धनमा सहयोग पुगोस भन्ने उदेश्यका साथ ३ दिने सडक खाना महोत्सवको आयोजना गरिएको मकवानपुर होटल व्यवसायी स‌घका महासचिव विष्‍णु गोपाल महर्जनले जानकारी दिनुभयो ।

संघका अध्यक्ष श‌ंकरलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा मन्त्री नेपाल, विष्णु ओझा, अनन्त पौडेल, रघु खुलाल, शसस्त्र प्रहरी उपरीक्षक विकास घिमिरे, प्रमुख सेनानी अनिश बुढाथोकी, कृष्ण कटुवाल लगायतको आतिथ्यता रहेको थियो ।

पुष ११ देखि १३ सम्म चल्ने खाना महोत्सवमा विभिन्न परिकारका खाना सहितको ४४ वटा स्टल रहेको छ । महोत्सवमा साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ ।