सुमो दुर्घटनामा पाँच जनाको मत्यु, चार घाईते

गुगलपाटी संवाददाता
११ पुष २०७६ १४:०५

हेटौंडा–कुलेखानी–काठमाण्डौं सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर ३ ओखलडाँडामा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
तीन जनाको घटनास्थमा नै र दुई जनाको उपचारको क्रममा काठमाण्डांैमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललनकुमार कुर्मीले बताए । रौतहटको चन्द्रपुरबाट काठमाडौं जाँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो आफै अनियन्त्रित भएर सडकबाट करिव दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।


दुर्घटनामा घाइते भएका रौतहट चन्द्रपुरका २१ वर्षीय मनिष बिकको मनमोहन अस्पताल काठमाण्डौं र सोही ठाउँ बस्ने २० वर्षीय सिर्जना बिकको बयोधा अस्पताल काठमाण्डौंमा उपचारको मृत्यु भएको प्रहरीले जानाएको छ ।
घटनास्थलमा नै मृत्यु भएका दुई जना पुरुष र एक महिलाको सनातख हुन बाँकी रहेको र मृतकहरुको शव टिचिङ अस्पताल काठमाण्डौंमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाण्डौंमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनका घाईते सर्लाहीको बागमती गाउँपालिका–११ निवासी २२ वर्षीय रञ्जित रिजाल र रौतहट बलुवा–५ का जैसा शाहको काठमाडौंको बखुस्थित बयोधा अस्पतालमा र सुमो चालक हेटौंडा–१७ निवासी अनिल विक र रौतहट गरुडा–५ निवासी नन्दकिशोर साहको काडमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।