घुससहित पक्राउ परेका जयसवाललाई हेटौंडा ल्याईयो

गुगलपाटी संवाददाता
१४ पुष २०७६ १३:३२

उपभोक्ता समितिमार्फत महानगरले गराएको कामको भुक्तानी दिने क्रममा घुस रकम लिँदै गर्दा वीरगन्ज महानगरपालिकाका लेखा शाखाका राजेककुमार जयसवाल पक्राउ परेका छन्। जयसवाललाई हेटौंडाबाट आएको अख्तियार दरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका जयसवाललाई थप अनुसन्धानका लागि अख्तियारको टोलीले हेटौंडास्थित अख्तियारको कार्यालयमा नै ल्याइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले बताए। प्रदेश २ को एक मात्र महानगरपालिकाको लेखा शाखाका कम्प्युटर अपरेटर पदमा कार्यरत जयसवाललाई सोमबार दिउँसो अख्तियारको टोलीले कार्यालयमा नै सेवाग्राहीसँग घुस रकम लिंदै गर्दा रंगेहात पक्राउ गरेको हो। जयसवालले १५ हजार घुस रकम लिंदै थिए। सो रकमसहित उनी रंगेहात पक्राउ परे सूचना अधिकारी रेग्मीले भने। थप अनुसन्धान गर्नुपर्ने भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नै ल्याइएको सूचना अधिकारी रेग्मीको भनाइ छ। पक्राउ परेका जयसवाल महानगरको करारमा नियुक्त लेखा शाखाका कम्प्युटर अफरेट भएको वीरगन्ज महानगरपालिकाले जनाएको छ। जयसवालका बारेमा पहिलेदेखि नै अख्तियारमा सूचना आइरहेकोले सोमबार भने हेटौंडाबाट गएको अख्तियारको टोलीले निगरानी राख्दा उनी रंगेहात पक्राउ परेको अख्तियार कार्यालय हेटौंडाले जनाएको छ।  स्रोतः थाहा खबर