न्यौपानेले गर्ने भए फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघकोे नेतृत्व
गुगलपाटी संवाददाता
काष्ठजन्य सामग्रीको व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघकोे पाँचौं साधारणसभा तथा तेश्रो महाधिवेसनबाट हेटौंडेली व्यवसायी रामप्रसाद न्यौंपाने सर्वसम्मत निर्वाचित भएका छन् ।
चितवनको सौराहमा भएको महासंघकोे पाँचौं बार्षिक साधारण सभा तथा तश्रो महाधिवेसनबाट न्यौंपानेको नेतृत्वमा २० सदस्यीय केन्द्रीय कमिटी निर्वाचीत भएको छ । महाधिवेसंंघको बरिष्ठ उपाध्यक्षमा सुजिल श्रेष्ठ, प्रथम उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सहदेब अर्याल र तृतिय उपाध्यक्षमा मथुराकुमार जोशी, महासचिवमा ओमबहादुर बस्नेत, कोषाध्यक्षमा हरीकुमार राजभण्डारी , सचिवमा राजकुमार दाहाल, सहकोषाध्यक्ष दिनेशकुमार अग्रवाल सिहत गरि ९ पदाधिकारी सर्वसम्मत निर्वाचीत भएका छन् ।
महासंघको ८ केन्द्रीय सदस्यमा हरीकुमार शर्मा, अशोक कुँवर, प्रेमबहादुर थापा, बद्री प्रसाद हुमागाई, कृष्णप्रसाद अधिकारी, बिरन्जना घिमिरे, खगेन्द्र खरेल निर्वाचित भएका छन् भने पछि एक सदस्य थप गरीने गरी निर्वाचन प्रकृयाबाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मुकुन्द शर्मा पौडेलले बताए ।
महासंघको आजिवन सदस्यमा ओमप्रसाद लोहिया, एशोसियट सदस्यमा अजय घिराईया र खिलानाथ फुँयाल ुनवीनु सर्वसम्मत भएकोे प्रमुख निर्वाचन अधिकृत पौंडेलले जानकारी दिए । निर्वाचित भएपछि अध्यक्ष न्यौंपानेले अभिमत र सदासयतालाई आत्मसाथ गर्दै शाखा बिस्तार महासंघलाइ देशभर पुर्याउने प्रतिवद्दता जनाए । व्यवसायीक हितका लागि आफू सधै प्रतिवद्दता जनाएका छन् ।
अध्यक्षमा निर्वाचित न्यौंपाने २०६१ सालबाट फर्निचर तथा फर्निसिङ्ग व्यवयासमा प्रवेश गरेका हुन् । जिल्ला संघ मकवानपुरको सस्थापक सचिब हुँदै जिल्ला अध्यक्ष भएका न्यौपानेले महासंघको पहिलो र दोश्रो महाधिवेसनबाट केन्द्रीय प्रथम र बरिष्ठ उपाध्यक्ष सम्मको भुमिका निर्वाह गरीसकेका छन् ।
पुस ५ गते काठमाडौंमा भएको साधारणसभा र तेश्रो महाधिवेसनमा जिल्लाबाट महाधिवेसनका लागि आएका प्रतिनिधिकोे छनौंट बिधान बिपरीत भएकोे भन्दै निर्वाचन प्रकृया रोकिएको थियो । महाधिवेसनमा देशभरका ३० जिल्लाबाट आएका २ सय महाधिवेशन प्रतिनिधहरुकोे सहभागिता रहेकोे थियोे ।