एभरेष्ट पानोरमा : मापदण्ड भए बाँच्थे पर्यटक
गुगलपाटी संवाददातामंगलबार ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरणले रिसोर्टको मापदण्ड कार्यान्वयन नै नभएको शंका उत्पन्न भएको छ। होटल, लज, रेष्टुराँ, रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ (पहिलो संशोधन) नियमावली, २०७१ को धारा ६ को पहिलो दफा “क” बमोजिम नै पर्यटक स्तरको लजको मापदण्ड नपुगेको देखिन्छ। धारा ६ मा पर्यटकस्तरको लज घटीमा देहाय बमोजिमको सुविधायुक्त हुनु पर्नेछ भन्दै दफा “क” मा भनिएको छ ,“सुत्ने कोठा कम्तीमा पाँचवटा हुनु पर्ने र ती सबैमा पर्याप्त प्राकृतिक प्रकाश आउन सक्ने र हावा चल्ने हुनु पर्ने। “प्रहरीको अनुसन्धान अनुसार अक्सिजन अभावको कारणले निस्सासिएको देखिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिएका छन्। पहिलो मापदण्ड नै पर्यटकीय लजको रुपमा रहेको एभरेस्ट पानोरमाले लागू गरेको भए सम्भवत कसैले ज्यान गुमाउने थिएनन्। मापदण्ड अनुसार भएको भए हावा चल्ने थियो। जसका कारण अक्सिजन पुग्न सक्ने देखिन्थ्यो।