तामाङको संस्कृती जोगाउन एक हुनु पर्छ : उपसभामुख

गुगलपाटी संवाददाता
११ माघ २०७६ १३:२४

हेटौंडाः तामाङ समुदायको साँस्कृतिक पर्व २८औ ५६जिवा ल्होछार (मुसा वर्ग) सोनाम ल्होछारको अबसरमा आयोजित दोस्रो महोत्सव आज सम्पन्न भएको छ ।
तामाङहरुको लो फेर्ने दिन मुसा बर्गबाट सुरु भएर बँदेलमा अन्त्य हुने माघ महिनाको पहिलो दिन हो । तामाङहरुको पहिचान जोगाउँदै संस्कृतिको प्रर्वद्नको लागि एकबद्ध हुने कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशकी उप–सभामुख राधिका तामाङले तामाङहरुको पहिचान जोगाउनु पर्ने बताईन् उनले भनिन् “हामी तामाङहरु एक भएर आफ्नो पर्वको भुमी जोगाउनु पर्छ । पुस्ताले सिकाएर राखेको ल्होछारलाइ हामीले सम्मान गर्नुपर्छ ।” उप–सभामुख तामाङले तामाङहरुको संस्कृती लामा र बोम्बोहरुको प्रस्तुतीलाई सम्मान गर्नुपर्छ र ल्होछार पर्वलाइ अरुले आशंका गरिरहेको छ । उसलाई तामाङहरु मिलेर अबलम्बन गर्नु पर्छ भनेर उहाँले आफ्नो धारणा व्यक्त गरिन । केहि समय पहिले ल्होछार कसरी मनाउने भन्ने कुरा हरेक तामाङहरुलाइ सुनाइराख्नुपथ्र्याे तर अहिले सामाजिक संजालमा आइसकेको बताइउन् । १३ वटा जिल्लाका तामाङहरुले मात्र ल्होछार मनाउने नभई मेची देखि महाकाली सम्मका सम्पुर्ण मानिसहरु एक भएर ल्होछार मनाउनु पर्ने उनले बताएकी हुन् ।

आज भएको कार्यक्रममा लामा बोम्बोहरुको प्रस्तुती र सांस्कृतिक कार्यक्रमहरु रहेको थियो । कार्यक्रममा गायक सुजना रुम्बा, प्रेम लोप्चन र अबिराम मुक्तान लगायतको उपस्थिती रहेको थियो । आज भएको कार्यक्रमको बिशिष्ट अतिथि नेपाल तामाङ घेदुङ बागमती प्रदेशको अध्यक्ष लिला कुमार घलान रहेको थियो ।