राष्ट्रपति विद्या भण्डारीलाई स्मारकमा भ्याई नभ्याई

गुगलपाटी संवाददाता
१४ माघ २०७६ ११:५१

हेटौंडा _ मंगलबार हेटौंडाको सहिद स्मारकमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टा विताईन् । हेटौंडा–११ थनाभर्याङस्थित प्रदेश प्रहरी कार्यालयमा राष्ट्रपति भण्डारी हेलिकप्टरबाट ओर्लिएर स्मारक आईपुगेकी हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अध्यक्ष रहेको शहिद स्मारक स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा मुख्य प्रवेशद्धारमा निर्माण गरिएको रजत जयन्ती स्तम्भको अनावरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले स्मारक ठूलो ढुंगामा कुदिएका सहिदका प्रतिमामा माला अर्पण गरिन् । त्यसपछि उनले स्मारकमा रहेको प्रजातान्त्रिक पार्कको उद्घाटन गरिन् । प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुका राष्ट्रपती भण्डारीले इलेक्ट्रिक स्विच दवाएर एकसाथ उद्घाटन गरेकी हुन् । पार्कमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वा्िचत कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ ।
सहिद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ खर्चेर पार्कमा शालिक निर्माण गरको जनाएको छ । यसअघि सहिद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो । जसमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ । यो स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गरेकी थिईन् ।

राष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरिन् । राष्ट्रपति विद्या देवी भण्डारी केहि बेर आफ्नो स्वर्गिय श्रीमान जननेता मदन भण्डारीको शालिकमा माल्र्यापण गरेपछि एक टह भएर हेरिकी थिइन् । उनले मदन भण्डारीको शालिकको बारे बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सँग केहि कुरा गरेर मात्रै औपचारिक कार्यक्रम स्थल तर्फ गएकी थिईन् । उनले सहिद स्मारकको रजत वर्षको अवसरमा स्मारिका पनि विमोचन गरेकी छिन् ।