अमेरिकाले पत्र लेख्दै नेपाल- चीन सुपुर्दगी सन्धि रोकेको खुलासा
गुगलपाटी संवाददाताहेटौंडा: संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले फरक–फरक विषयलाई मुख्य समाचार बनाएका छन् । कुनैले यतीबारे नेकपा सचिवालय बैठकमा भएका छलफललाई समेटेका भने केहीले नेपाल–चीनबीच अन्तिममा रोकिएको सुपुर्दगी सन्धि, डीडीसीभित्रको अनियमितताको अन्तर्य खोतल्ने प्रयास गरेका छन् । त्यस्तै, एबीबीएस विद्यार्थी भर्नामा विदेशीलाई दिन लागिएको सहुलियत, एमआरपीमा भइरहेको बदमासीलगायत विषय पनि पत्रपत्रिकाहरूको प्राथमिकतामा परेको छ ।
‘जुन पत्रले रोक्यो सुपुर्दगी सन्धि’ शीर्षक दिएर कान्तिपुरले आज मुख्य समाचार लेखेको छ । समाचार अनुसार चीनका राष्ट्रपति सी चिनफिङ गत असोज तेस्रो साता नेपाल भ्रमणमा आउनुभन्दा १ दिनअघि अमेरिकी संसद्को वैदेशिक मामिला समितिले चीनसँग सुपुर्दगी सन्धि नगर्न आग्रह गरेको खुलेको छ । अमेरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधा पत्र नै लेखेको समाचारमा उल्लेख छ ।
स्रोत: कान्तिपुर