कम्प्युटर अधिकृतलाई १० हजार घुस सहित पक्राउ
गुगलपाटी संवाददाताहेटौंडा: अख्तियार टोलीले चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृतलाई १० हजार घुस रकम सहित पक्राउ गरेको छ।
घुस रकम सहित पक्राउ पर्नेमा आन्तरिक राजश्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत रामकुमार अधिकारी रहेको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले बताएका छन्।
विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिइएको टोलीले अधिकारीलाई उनकै कार्यकक्षबाट रकम सहित रङ्गेहात पक्राउ गरेको हो।उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
स्रोत: प्रस्टखबर