बुद्धिचाल संघको हेटौंडामा केन्द्रीय वैठक
गुगलपाटी संवाददाताहेटौंडा : नेपाल बुद्धिचाल संघको केन्द्रीय वैठक हेटौंडामा बसेको छ । संघका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले संघको सातौं वार्षिक साधारण सभा तथा अधिवेशन चैत २८ र २९ गते पर्सा जिल्लामा गर्ने निर्णय गरेको छ । हेटौंडामा बसेको वैठकमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष विदुर गौतम, महासचिव हेराकाजी महर्जन लगायतको उपस्थिती रहेको थियो ।
यस्तै भोली संघको बागमती प्रदेश स्तरीय पहिलो अधिवेशन तथा भेला हुने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।