साउनमा गएका एक दम्पतिको मृत्यु

गुगलपाटी संवाददाता
१६ माघ २०७६ १०:३७

हेटौडाः साउना गएका एक दम्पतीको निसास्सिएर मृत्यु भएको छ । ललितपुर १४ सातदोबाटोको विशालचोकमा रहेको फिट एण्ड फाइन एरोबिक फिटनेस जिम सेन्टरमा साउनामा वाफ लिन गएका दम्पतीको बुधबार राति मृत्यु भएको हो ।

ललितपुर प्रहरी परिसरकी प्रवक्ता एसपी दुर्गा सिंहकाअनुसार मृत्यु हुनेमा हस्त गर्बुजा पुन मगर र नेत्रकुमारी मगर छन् ।
प्रवक्ता एसपी सिंहका अनुसार जिम सकेर दम्पती साउना बाथ लिन गएको तर धेरैबेरसम्म ढोका नखोलेपछि सञ्‍चालकले प्रहरीलाई खबर गरेका थिए । ुहामीलाई राति करिब ९ बजे खबर आएको थियो, हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि तुरुन्त पाटन अस्पताल लाँदा चिकित्सकहरुले मृत घोषणा गरेको होु एसपी सिंहले भनिन् ।

मृतक हस्त मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए । म्याग्दी स्थायी घर भएका दम्पती पछिल्लो समय ललितपुर बस्दै आएका थिए । फिटनेस सेन्टर सञ्चालकलाई सोधपुछका लागि सातदोबाटो प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतः अनलाइनको सहयोगमा