दिवा खाजाले सिद्धार्थमा विद्यार्थीको नियमित उपस्थिती

गुगलपाटी संवाददाता
१७ माघ २०७६ १२:३५

 

 हेटौंडा
कुमारी स्याङ्बो

हेटौंडाको सिद्धार्थ माध्यमिक विद्यालयले दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थीको नियमित उपस्थिती बढेको छ ।
दिवा खाजाको कारण विद्यालयमा उपस्थित नहुने विद्यार्थीको संख्या न्युन रहेको प्रधानध्यापक मोहन प्रसाद शर्माले बताए । सिद्धार्थ माविले प्राथमिक तहसम्मका विद्यार्थीहरुलाई दिवा खाजा दिने व्यवस्था गरेको छ । कक्षा १, २ र ३ गरि ९० जना विद्यार्थीलाई दिवा खाजा दिने गरेको प्रधानाध्यापक मोहन प्रसाद शर्माले बताए । समय तालिका अनुसार दिवा खाजा चिउरा तरकारी, खिर, जौलो र हलुवा रहेको छ । दिवा खाजाको लागि सरकारी स्रोतबाट भने बजेट आउँदैन ।
उक्त विद्यायमा गत आर्थिक वर्ष ७४÷७५ साल देखि नै शिक्षक,कर्मचारी र माथिल्लो कक्षाका विद्यार्थीहरु मिलेर रकम उठाएर दिवा खाजाको ब्यवस्था गरिँदै आएको प्रधानध्यापक शर्माले बताए । ‘ठुला कक्षाको विद्यँर्थीहरुले आफुले जति सकेको सहयोग गरेका छन्, विभिन्न सघं सस्ंथाबाट सहयोग गरिरहेका छन्’, उनले भने’, उनले भने, ‘गरिब विपन्न वर्गका विद्यार्थीहरु खाजा खान नपाएर विद्यालय नियमित आउदैन थियो तर खाजाको व्यवस्था गरेपछि सबै विद्यार्थी नियमित विद्यालयमा आउने गरेको छ ।’
दिवा खाजा खाने मध्ये कक्षा १ मा अध्ययनरत विद्यार्थी मनोज ब्लोनले, मनकामना चोकमा कोठा लिएर बस्दै आएको बताएको छ । बुवा घर बनाउने काम गर्ने र आमा घरमै बस्ने बताए । ‘घरको आर्थिक अवस्था कमजोर भएकाले सधै खाजा खाने पैसा ल्याउन सक्दैन थियो तर अहिले विद्यालयले दिवा खाजा दिने व्यवस्था गरेर नियमित विद्यालय जान्छु, पढाईमा प्रगति भएको छ’, उनले भने । त्यस्तै कक्षा १ मा नै अध्धयनरत विद्यार्थी शिलशिला घले सामारीबाट पैदल यात्रा गर्दै विद्यालयमा आउने गरेको बताएको छ । आमा बुवाले दिनहुँ खाजा खाने पैसा दिन नसक्ने र पैसा नहुने बेला भोकै पढ्नु परेको बताए ।