महालक्ष्मी बैंकद्धारा गुम्बाडाँडामा डस्टविन र होडिङ बोर्ड

गुगलपाटी संवाददाता
१८ माघ २०७६ १२:२१

हेटौंडाः महालक्ष्मी विकास बैंक हेटौंडा कमाने शाखाले भिजिट नेपाल २०२० लाई लक्षित गरेर बैंकको अन्तगर्त सामाजिक उत्तरदायित्वको रुपमा हेटौंडा –१८ हर्नामाडीमा डस्टविन र होडिङ बोर्ड सहयोग गरेको छ ।
शाखाले १० वटा फलामको डस्टविन र ४ वटा होर्डिङ बोड सहयोग गरेको कमाने शाखाका प्रबन्धक रोशन सिं गुप्ताले जानकारी दिए । गुप्ताको अनुसार गुम्बाडाँडा संरक्षण समितिका अध्यक्ष हर्क रम्तेल सहित स्थानीयको सहयोग गरिएको हो । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दै आएको छ ।