पूर्वराजा ज्ञानेन्द्र सुटुक्क सिमरामा
गुगलपाटी संवाददाता बारादुई हप्ता लामो बसाईका लागि पूर्वराजा ज्ञानेन्द्र शाह सिमरा पुग्नु भएको छ ।
बुद्ध एयरको विमानबाट आइतबार अपरान्हजे सिमरा विमानस्थलमा ओर्लिएका पूर्व राजा शाह सिमरा स्थित प्रभूवासमा बस्नुहुनेछ ।जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनी स्थित पूर्व राजाका बाल्यकालका साथी प्रभू शमसेर राणाको निवास प्रभूवासमा रहेर पूर्वराजा शाहले बारा पर्साका धार्मिक स्थलहरुको भ्रमण गर्नुहुनेछ ।
पूर्व राजा शाहका नीजि सचिब सागर तिमल्सिनाले भ्रमणको सम्पूर्ण कार्यक्रम तय भइनसकेको जानकारी दिए । ‘दुई हप्ता वहाँ सिमरा बस्ने हो, अन्य कार्य तालिका यतैबाट तयार गर्छौं’ उनले भने । सिमरा विमानस्थलबाट पूर्व राजा शाह सिधै प्रभूवास पुगेका छन् । आइतबार कुनै कार्यक्रम नरहेको पूर्व राजा शाहका नीजि सचिब तिमल्सिनाले जानकारी दिए ।
आइतबार आराम गरेर सोमबारबाट भ्रमण शुरु हुने तिमल्सिनाले बताए । बारा पर्साका विभिन्न स्थानबाट आएका समर्थकहरुले पूर्वराजा शाहको भव्य स्वागत गरेका थिए । हजारौंको संख्यामा उपस्थित भएका राजावादीहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाउँदै पूर्व राजाको स्वागत गरेका थि