अवैध वालुवा प्लान्ट भत्काउने क्रमजारी
गुगलपाटी संवाददाताबागमती प्रदेशको सदरमुकाम हेटौडा वजार आसपासका नदिहरुमा अवैध रुपमा सञ्चालन हुदैआएका वालुवा प्लान्टहरुलाई बन्द गरिएको छ । जिल्ला अनुगमन समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा मंगलवार हेटौंडा १ को राप्तीखोला र लालझाडी क्षेत्रका १७ वटा वालुवा प्लान्टका सामान जफत गर्दै ती प्लान्टहरु वन्द गरिएको हो । अवैध रुपमा वषौ अगाडी देखि खोला उत्खनन गर्नेकाम हुदै आएकोमा मंगलवारबाट डिभीजन वन कार्यालय मकवानपुरका वन रक्षक, ससस्त्र प्रहरी, नेपाल प्रहरीले अवैध वालुवा प्लान्ट वन्द गरेर सामान समेत नियन्त्रणमा लिएका छन ।
अवैधानिक रुपले नियमक कार्यालयमा समेत दर्ता नगरिकन सञ्चालन गरिएका वालुवा प्लान्टहरु वन्द गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख समेत रहनुभएका जिल्ला अनुगमन समितिका संयोजक प्रमुख रघुनाथ खुलालले वताउनुभयो ।
सवै कागजात नल्याए सम्म उद्योग चल्न नदिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले वताउनुभयो । विकास निर्माण गर्न पाइने तर, अवैधानिक तरिकाले खोला उत्खनन गरेर वालुवा प्लान्ट चलाउन नपाइने उहाँले वताउनुभयो ।
अनुगमनका क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, डिभीजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल, ससस्त्र प्रहरी, जनपथ प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय लगायतकाको टोलीको सहभागिता रहेको थियो । यसैगरी जिल्ला अनुगम समितिले सोमबार हेटौंडाको कुखरेनी खोलामा नदि जन्य पदार्थको अनुगमन गरी अबैध १० वटा बालुवा प्लान्ट बन्द गरेको थियो ।