वडाध्यक्षको मृत्यु घटनाः विनायकमा आन्दोलन चर्कियो

गुगलपाटी संवाददाता
२२ माघ २०७६ १०:५४

हेटौंडाः पञ्‍चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको मृत्युको विषयमा प्रहरीले अनुसन्धान ढिलाइ गरेको भन्दै स्थानीयले आन्दोलित बनेका छन् । बुधबार बिहानैदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । विनायक बजार बन्द गराएका छन् । वडाध्यक्षको हत्या गरिएको भन्दै उनीहरुले छानबिनको माग गरेका छन् ।

स्थानीय रिजन धामीका अनुसार बुधबार दिउँसो प्रहरी चौकी घेराउ गरेका छन् भने सवारी साधन पूर्णरुपमा बन्द छन्। वडाध्यक्ष हत्या प्रकरणमा तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी, अनुसन्धान अधिकृत, कुकुर, अछामका सबै सुरक्षा निकाय घटनास्थलमा केन्द्रित छ। वडाध्यक्ष धामी मृत भेटिएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझ्‍न मानेका छैनन्।
स्रोतः अनलाइन