चितुवाले करेसामै पसेर १२ जनालाई टोक्यो, गाउँलेले लखेटेर मारिदिए
गुगलपाटी संवाददाताहेटौंडाः काभ्रेको पाँचखाल नगरपालिका ६ स्थित जैसिडिही र गणेशस्थान गाउँका १२ जना भन्दा धेरैलाई चितुवाले आक्रमण गरेको छ। चितुवाले टोकेर गाउँलेलाई घाइते बनाएपछि सोमबार साँझ नै लखेटेर मारिदिएका छन्। केही दिनदेखि जैसिडिहीमा र गणेशस्थानका बासिन्दामाथि आक्रमण गरी घाइते बनाउँदै आतंकित बनाएपछि स्थानीयले चितुवा मारेका हुन्।। चितुवाले खेतमा काम गरिरहेका जैसिडिहीका ३० वर्षीय अर्जुन श्रेष्ठलाई सुरुमा टोकेको थियो। त्यसपछि त्यही गाउँमा अन्यलाई दिउँसै टोकेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए । उनका अनुसार खेतबारीमा काम गरिरहेका र घरआँगनमै भएकालाई चितुवाले आक्रमण गरी घाइते बनाउँदै हिँडे थियो। त्यसपछि गाउँलेले घेरेर हँसिया, बन्चरो, कोदालो प्रयोग गरी चितुवा मारेका हुन्। चितुवालाई घेरेर मार्ने क्रममा १५ जना स्थानीय घाइते भएका छन्।गम्भीर घाइते अर्जुन श्रेष्ठलाई आजै उपचारार्थ टेकु अस्पताल लगिएको छ। अन्य घाइतेलाई शिरमेमोरियल अस्पताल बनेपामा पुर्याइएको स्थानी इस्वरीराज मैनालीले जानकारी दिएका छन्।
स्रोतः थाहाखबर