चिनबाट छोराछोरी उद्दार नगरेको भन्दै अभिभावक द्वारा स्वास्थ्य मन्त्रालय घेराउ
गुगलपाटी संवाददाताहेटौंडा: कोरोना भाइरस उच्च संक्रमण रहेको चीनको वुहान क्षेत्रबाट आफ्ना छोराछोरीलाई फर्काउन ढिलो गरेको भन्दै वुहानमा रहेका विद्यार्थीका अभिभावकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन्। बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालयले पुगेर उनीहरूले आफ्ना छोराछोरीलाई छिटो फर्काउन दबाब दिन मन्त्रालयमा धर्ना दिएका हुन्।
चीनमा रहेका विद्यार्थीका करिब ३० जना अभिभावकले मन्त्रालयमा धर्ना दिएका हुन्। मन्त्रालयमा धर्ना दिन पुगेकी अभिभावक सोमिला कक्षपतिले आफ्ना आफन्त धेरै दिनसम्म भोकै रहेकाले छोटोभन्दा छोटो नेपाल फर्काइदिन सरकारलाई आग्रह गरिन्। उनले भनिन् ‘बहिनीले खान नपाएर भोकै भएको भन्दै रुँदै फोन गरेको गरै छ यस्तो बेला पनि सरकारले आफ्ना नागरिक ल्याउन ढिला गरेको छ।‘
कोरोना भाइर प्रभावित वुहान क्षेत्रमा १८० जना नेपालीले उद्धार गरिदिन आग्रह गर्दै बेइजिङस्थित नेपाली दूतावासमा विवरण बुझाएका छन्। यता, सरकारले छोटोभन्दा छोटो वुहान क्षेत्रमा रहेका नेपालाीलाई उद्धार गर्ने बताए पनि सम्पूर्ण प्रक्रिया पूरा गर्न अझै एक हप्ता समय लाग्ने जनसंख्या तथा श्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
सरकारले चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने तयारी गरे पनि त्यसको सम्पूर्ण तयारी गर्न कम्तिमा एक हप्ता लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बतायो।
‘एकै पटक१८० जनाको उद्धार गर्नुपर्ने छ, यसमा स्वास्थ्यको मात्र कुरा भएन, त्यसका लागि नेपाल बायुसेवा निगमको २७४ विमान लैजाने कुरा छ, त्यसको लागि त्यसको चार्टर गरी सेड्युल मिलाउन कम्तिमा तीन दिन लाग्ने छ’ स्रोतले भन्यो, ‘यहाँ बेड, खाना, पोशाकलगायतका सबै व्यवस्थापन गर्नु पर्छ त्यसले गर्दा अझै एक हप्ता लाग्न सक्छ।‘
स्रोत: अनलाइन