सञ्चार माध्यम प्रति सरकार संवेदनशिल छ : पौडेल

गुगलपाटी संवाददाता
२४ माघ २०७६ ०७:०४

हेटौंडा: बागमती प्रदेशको राजधानी हेटौंडामा ९ औं रेडियो दिवसको अवसरमा आयोजित रेडियो र विविधता विषयक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
बागमति प्रदेशको अध्यक्ष कृष्णहरि घिमिरेको आतिथ्यतामा सामुदाियिक रेेडियाे प्रसारक संघ बागमति प्रदेशकाे विश्व रेडियो दिवसको कार्यक्रम आज भएको हो ।

बागमति प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले सञ्चार माध्यम प्रति प्रदेश सरकार संवेदनशिल रहेको भन्दै आगामी बर्षदेखि सामुदायिक रेडियाे मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन उल्लेख्य भुमिका निर्वाह गर्ने सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने बताउनुभएकाे छ ।
मन्त्री पाैडेलले सरकारकाे एउटै साझा उद्देश्य समृद्व नेपाल सुखि नेपालीकाे सपना पूरा गर्न देश सरकार परिवर्तनका लागि साझा अभ्यास हाम्राे हुनुपर्छ भन्नुभएकाे छ । विगतमा २५० वर्षकाे सरकारले समेत गर्न नसकेका काम २ वर्षकाे प्रदेश सरकारले गरिरहेका छाै भन्दै मुख्यमन्त्री पाैडेलले बागमति प्रदेशका जनता अति भाग्यमानि भएकाे बताउनुभएकाे छ ।

 कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम  जम्कटेल, जिल्ला समन्वय समित मकवानपुर प्रमुख रघुनाथ खुलाल, जिसस उपप्रमुख भगवती पुडासैनि, हेटाैडा उपमहानगरपालिका उपप्रमुख मिना लामा, प्रेस रजिस्टार रेवति सापकाेटा लगायतकाे उपस्थित रहेकाे थियाे ।