संसदीय समितिमा कोरोना भाइरसका विषयमा छलफल
गुगलपाटी संवाददाताबागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा आज नोभल कोरोना भाइरसका विषयमा छलफल भएको छ । विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको यस भाइरसका विषयमा छलफल गर्नुका साथै यसको संक्रमणका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरुसका विरुद्धमा लडिरहेको वताउनुभयो । मन्त्रालय र स्वास्थ्य कार्यालयसंग भएको श्रोतसाधनको उपयोग गर्दै यसका विरुद्धमा लडिरहेको मन्त्री दुलालले वताउनुभयो । विभीन्न रोगका जोखिम वढ्ने भएकाले यसको पूर्व तयारी, सजगता अपनाइरहेको जानकारी गराउनुभयो । कुनैपनि किसीमका रोगको प्रतिकार्यका लागि मन्त्रालय र मातहतका कार्यालयहरुले सजगता अपनाइरहेको उहाँले वताउनुभयो । समितिका सभापति घनश्याम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, समितिका सदस्यहरुको सहभागितामा कोरोना भाइरसका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।