दैलेखमा फिजियोथेरापी सेवा, विपन्नलाई निःशुल्क

गुगलपाटी संवाददाता
२८ माघ २०७६ ०६:३१

हेटौंडाः जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा फिजियोथेरापी सेवा सुरु भएपछि दुर्गमका सर्वसाधरण तथा विपन्न नागरिकहरुलाई राहत भएको छ। कर्णाली प्रदेश सरकारले विशेषज्ञ सेवा बिस्तारका लागि रकम बिनियोजन गरी फिजियोथेरापिष्ट डाक्टर नियुक्ति गरेपछि यस क्षेत्रका नागरिकले लाभान्वित भएका हुन्। पछिल्लो समय कार्यालयमा फिजियोथेरापी गराउन आउने बिरामीको संख्या बढेपछि विभिन्न निकायको सहयोगमा फिजियोथेरापी सेवा सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा। निरञ्जन पन्तले बताए। कार्यालयमा नशा च्यापिएका ढाड, कम्मर तथा हाडजोर्नीसम्बन्धी बिरामीहरुको उपचार गर्न थालिएको हो। फिजियोथेरापी सेवा सञ्चालन गर्नका लागि ह्यान्डी क्याप इन्टरनेसनलले १० लाख बराबरको उपकरण र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले त्यसको उपचारका फिजियोथेरापिष्ट डाक्टरसहितका कर्मचारी राख्न आवश्यक बजेट प्रदान गरेपछि उक्त सेवा सुरु गरिएको डा। पन्तले जानकारी दिए। महावु गाउँपालिका–५ का ८४ वर्षीय गोविन्दबहादुर शाहीले नशासम्बन्धी रोगका कारण विगत पाँच वर्षदेखि नेपालगञ्ज र काठमाडौंलगायतका स्थानमा रहेको अस्पतालमा उपचारका लागि धाइरहेको उल्लेख गर्दै अहिले आफ्नै जिल्लामा उपचार पाउँदा सहज भएको बताए। विपन्नलाई निःशुल्क सेवा स्वास्थ्य कार्यालय दैलेखले गरिब, असाहय, विपन्न र विभिन्न आन्दोलनमा घाइते भएका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले बताए। पछिल्लो समय १२ वटा नयाँ सेवाहरु थप गरेको बताउँदै यसमध्ये सवैभन्दा महत्त्वपूर्ण फिजियोथेरापी सेवा भउको अध्यक्ष शर्माले बताए।
स्रोतः थाहाखबर