यी हुन् बागमती सरकारको २ वर्षमा ४९ उपलब्धी
गुगलपाटी संवाददाताहेटौैंडा/बागमती प्रदेश सरकारले स्थापनाको २ वर्षमा ४९ वटा मुख्य उपलब्धी भएको जनाएको छ ।
बुधबार प्रदेश सरकारले दोस्रो वार्षिकोत्सवमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गरेको उपलब्धीमा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुलाई मुख्य उपलब्धी भनेको छ । मुख्यमन्त्री पौडेलले निराश हुनुपर्ने अवस्था नरहेको र सरकारले गति लिएको बताए ।
उनले प्रस्तुत गरको प्रदेश सरकारका मुख्य उपलब्धीहरु उल्लेखित छन् ।
१. प्रदेश सभाको मिति २०७६ पौष २७ गतेको बैठकले प्रदेश स्थायी राजधानीको रुपमा हेटौंडा र प्रदेशको नाम बागमती गर्ने निर्णय गरिएको ।
२. पर्यटन वर्ष २०२० को प्रदेश स्तरीय उद्घाटन चितवनको सौराहामा भव्य रुपमा आयोजना गरिएको
३. प्रदेश लोक सेवा आयोग ऐन पारित भएको र सो अनुसार प्रदेश लोक सेवा आयोग गठन भई आयोगले कार्य प्रारम्भ गरेको ।
४. प्रदेश नीति तथा योजना आयोगकोे गठन गरिएको ।
५. प्रदेश अन्तर्गत हालसम्म ४९ वटा ऐन निर्माण गरिएको ।
६. प्रदेश सरकारको आवधिक योजना २०७६/७७–२०८०/८१ अन्तिम मस्यौदा तयार भएको ।
७. प्रदेश निजामती सेवा ऐनको मस्यौदा तयार भैरहेको ।
८. प्रत्येक स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्त गरी विपन्न जनतालाई सरकारी कार्यालयहरुबाट सेवा लिन सहयोग पुर्याइएको ।
९. प्रत्येक स्थानीय तहका कम्तिमा एकवटा सरकारी विद्यालयमा १ जना हुने गरी १२१ जना विद्यालय नर्सको व्यवस्था गरिएको ।
१० .मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम अन्तर्गत सवै स्थानीय तहका विपन्न, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शहीद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइते एवं महिला स्वास्थ्य स्वयंसेविका समेत १ लाख जनताहरुकोे स्वास्थ्य परीक्षण गर्ने गरी कार्यक्रम सञ्चालनमा रहेको ।
११. छोरी वुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत सामुदायिक क्याम्पसमा अध्ययनरत ४०० जना छात्राहरु लाभान्वित ।
१२ २०७६ जेष्ठ २२ र २३ गते काठमाडौंमा सार्र्क स्तरीय युवा बैज्ञानिक सम्मेलन आयोजना गरिएको ।
१३ .युवा बैज्ञानिक प्रोत्साहन कोष स्थापना गरिएकोे ।
१४ चितवनको माडीमा १०० विघा र सिन्धुलिको दुधौलिमा १२१ विघामा सामुहिक खेती शुरु भएको ।
१५ .बेचबिखन र हिंसामा परेका महिलाकोे उद्दार गर्न भक्तपुरमा पुनस्थापना केन्द्र्र सञ्चालनमा ल्याइएको ।
१६ . ५५ सामुदायिक विद्यालयहरुमा eLibrary, Smart Board tyfICT Lab स्थापना गरिएको ।
१७ मकवानपुर जिल्ला र भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गरिएको ।
१८ .काठमाडौंं उपत्यका काँठ चक्रपथ परियोजनाकोे कुल १५० किमि सडकको सम्भाव्यता अध्ययन तथा २७ किमि सडककोे डिपिआर तयार भएको ।
१९ . मकवानपुर जिल्लामा दुईवटा वस्ती विकास सम्बन्धी अध्ययन कार्य गरिएको
२०. रुवीभ्याली एकीकृत विकास योजनाको डिपिआर तयार भैरहेको
२१. पोष्टबहादुरबोगटी (भिमफेदी–कुलेखानी) सुरुङमार्गको डिपिआर निर्माण कार्य भइरहेको ।
२२. चितवनकोे नारायणी लिफ्ट सिंचाई प्रणालीको मर्मत सुधार गरी सञ्चालनमा ल्याउन लागिएको ।
२३ एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनकोे लागि २१ वटा खानेपानी योजना सञ्चालनमा ल्याइएको ।
२४. घुम्ती माटो परिक्षण शिविर सञ्चालन भइरहेको ।
२५. दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध कृषकहरुलाइ दूधमा प्रतिलिटर १ रुपैयाका दरले अनुदान वितरण, यसबाट दुग्ध उत्पादकत्वमा वृद्धि(पाँच प्रतिशत) भएको पाइएको ।
२६.२५००० स्याउ र ५ लाख फलफूलकोे विरुवा वितरणमार्फत प्रदेशलाइ फलफूलमा आत्मनिर्भर वनाउने कार्यक्रम अभियनकोे रुपमा सञ्चालन
२७. १० जिल्लाका १३ स्थानमा कोल्ड स्टोरेज निर्माण भैरहेको जसबाट १६३०० मेट्रिक टन तरकारी तथा फलफूल भण्डारण तथा बजारीकरण सहज हुने
२८. सार्वजनिक–निजी–साझेदारी अवधारणा अन्तर्गत आधुनिक कृषि बजारकोे परियोजना सञ्चालनमा ल्याउन मुना कृषि लिमिटेड स्थापना गर्ने (प्रदेश सरकारको १० प्रतिशत शेयर लगानी हुने गरी) कार्य अगाडि बढाइएको ।
२९. उपत्यका भित्र प्रदुषण गर्ने उद्योग स्थानानतरण अध्ययन प्रतिवेदन तयार भएको ।
३०. १७९१४ हेक्टर वनको वैज्ञानिक व्यवस्थापन भएको ।
३१. ५९ वटा जडीबुटी संकलन तथा भण्डारण केन्द्र्र स्थापना गरिएको ।
३२. २४ वटा सामुदायिक वनमा पर्यापर्यटनका कार्यक्रम सञ्चालन भएको
३३. २ वटा प्रदेशस्तरीय औद्योगिक क्षेत्र र औद्योगिक करिडोर स्थापनाकोे लागि डिपिआर सम्पन्न भएको ।
३४. एक स्थानीय तह एक ग्राम उद्योगको पूर्वाधार निर्माणकोे लागि स्थान छनौट तथा डिपिआर सम्पन्न भएको ।
३५. पर्यटन पूर्वाधार विकासको लागि ८ वटा हिल स्टेसन घोषणा, ३९ स्थानमा सम्भाव्यता अध्ययन गरिएको ।
३६. पाँच करोड रुपैयाकोे प्रदेश विपद व्यवस्थापन कोषकोे स्थापना तथा सञ्चालन भएको ।
३७. १९ वटा स्थानीय तहसँगको साझेदारीमा न्यायीक समितिको इजलास निर्माण शुरु भएको ।
३८. प्रहरी सुदृढीकरण अन्तर्गत १० जिल्लाका ४७ वटा प्रहरी इकाई भवनहरूको निर्माण प्रारम्भ भएको ।
३९. प्रदेश नं २ को प्रदेश सरकारमार्फत वारा पर्सा जिल्लामा आएको हावाहुरी पिडितलाई आवास निर्माणका लागि रु २ करोड र सिराहा, सर्लाही, महोत्तरी जिल्लाका बाढी पिडित व्यक्तिहरुलाई वितरण गर्न १२००० वटा त्रिपाल हस्तान्तरण गरिएको ।
४०. सञ्चार रजिस्ट्रारको नियुक्ति एवं कार्यालयको स्थापना गरी प्रदेश भित्रका सञ्चार माध्यमहरुको अनुगमन नियमन प्रकृयालाई व्यवस्थित बनाइएको ।
४१. प्रदेशभित्र संचालन गर्न विद्युतिय बस खरिद प्रक्रिया अघि बढेकोे छ । विद्युतिय बस संचालनकोे लागि यातायात निगम गठन प्रक्रृया अघिबढेको छ ।
४२. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भई यसैवर्षदेखी अध्ययन अध्यापन कार्र्य सुरुगर्ने प्रकृयामा रहेको ।
४३. केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरिटार रंगशाला) निर्माण प्रक्रृया अघिबढेको छ ।
४४. प्रदेश भित्र नीजि क्षेत्रको लगानी आकर्षण गर्न लगानी सम्मेलन गरिएको छ ।
४५. नारायणी दासढुङगा बहुउद्देश्यीय परियोजनाको प्रारम्भिक गुरुयोजनाको अध्ययन प्रतिवेदन प्राप्त भएको ।
४६. प्रदेश स्तरीय खेलकुद परिषद र १३ वटै जिल्लामा जिल्ला खेलकुद परिषद गठन गरी पदाधिकारी नियुक्ति गरिसकिएको ।
४७. पर्यटन वर्ष २०२० लाई सफल बनाउन प्रदेशका माननीय पर्यटनमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय मुल सहजीकरण समिति गठन गरिएको ।
४८. आगामी वर्षदेखी आन्तरिक मामिला मन्त्रालय मार्फत पत्रकारहरुलाई दुर्घटना बिमा, सुत्केरी महिला पत्रकारहरुलाई लेखनवृति तथा जेष्ठ पत्रकारलाई पेन्सन दिईनेभएको छ ।
४९. गत साउनदेखी प्रदेशसरकारको गतिविधिहरु सहित “घरघरमा प्रदेश सरकार”कार्यक्रम ४० वटा एफएम र नेपाल टेलिभिजनसहित ७ वटा टेलिभिजनबाट प्रशारण गरिएको ।