प्रदेश सांसद लामिछानेको निधन

गुगलपाटी संवाददाता मकवानपुर,३१ बैशाख
३१ बैशाख २०७५ ०८:५८

नेकपा एमाले भक्तपुर जिल्ला समितिका सचिव एवम् प्रदेश नम्बर ३ का सांसद हरिशरण लामिछानेको निधन भएको छ ।
लामिछानेको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आइतबार मष्तिस्कघात भएपछि उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । उनको सोमबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ ।
२०२४ फागुन ११ गते जन्मिएका लामिछाने भक्तपुर क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनको एक श्रीमती, छोरा र छोरी छन् ।