राक्सिराङ गाउँपालिका : बालुवाकै भरमा छन स्थानीय वासिन्दा

कुमारी स्याङ्बो
१ फाल्गुन २०७६ ११:५१

राक्सिराङ : राक्सिराङ गाँउपालिकाको केही स्थानिय बासिन्दाहरु बगरमा बालुवा चालेर आफनो जिवन गुजारा चलाईरहेका छन् । दैनिक छाक टार्न धौ धौ भइरहेका मानिसहरु दुई तिन दिनमा बल्ल एक टिप ट्रयाक्टर बालुवा चालिरहेको कामदारहरुले बताएका छन् । हिँउदको समयमा बालुवा चालेर जिवन निर्वाह गरिरहेको छ भने बर्खको समयमा आयस्रोत कुनै पनि नभएको बालुवा चाल्नेहरुको भनाई छ । सरकारले हामी जस्तो गरिब विपन्न वर्गलाई थोरै सहयोग गरे जिन्दगी उकास्न अलि सजिलो हुन्थ्यो भन्ने उनिहरुको भनाई रहेको छ ।

बालुवा चाल्दै गरेको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ चैनपुरमा बस्ने काइँला मोक्तानले बिहान बेलुका छाक टार्नको लागि बालुवा चालिरहेको बताए । उनको २ छोरा मात्र रहेका छन् । मोक्तानको एकछोरा मनहरी ज्यामिरेमा गाडी पुस्ने काम गर्दै आएको छ भने एक छोरा काम गर्न नसक्ने रहेको छ । उनको श्रीमती अर्कौ संग भागेर गएको बताए । आफुले कमाउन नसकेर छोराहरुलाई पढाउन नसकेको मोक्तानले दुखेसो पोखे । घरको आर्थिक अवस्था कमजोर भएकोले बिहान खाए बेलुका के खाउ हुने उनको भनाई छ । आफनो जग्गा जमिन कम रहेकोले खाना ३ महिना हुन पनि मुस्किल रहेको बताए । बालुवा चाल्दा ३÷४ दिनमा एक टिप हुन्छ, टिपलाई ८ सय दिन्छ त्यो पैसाले तेल, नुन, चामल, किन्न पनि नपुग्ने मोक्तानले बताए । पहिले देखि नै बालुवा चाल्दै अरुको काम गर्दै जीवन निर्वाह गरिरहेको बताए ।

त्यस्तै बालुवा चाल्दै गरेको राक्सिराङ गाँउपालिका वडा नम्बर ३ दमारमा बस्ने एकजोडी श्रीमान अरुण योम्जन र श्रीमती सिर्जना योम्जनले घरको आर्थिक अवस्था कमजोर भएकोले बालुवा नचाले खाना नपाउने बताए । योम्जनको दुई छोरी र एक छोरा रहेको छ । जेठी छोरी कक्षा ५, कान्छी छोरी कक्षा ४ मा र छोरा कक्षा २ मा अध्ययन गर्ने बताए । छोरा छोरीलाई कापी कलम किनेर दिने पैसा हुँदैन कुनै दिन भोकै विद्यालय पठाएको योम्जनको भनाई छ । श्रीमान श्रीमती मिलेर बालुवा भेट्ने ठाँउमा एकदिनमा एक टिप बालुवा चाल्न सकिन्छ भने नभेट्ने ठाँउमा ३÷४ दिनमा बल्ल एक टिप चाल्न सक्ने बताएका छन् । एक टिप बालुवाको कुनैले ८ सय दिन्छ भने कुनैले एकहजार दिने गरेको छ । बालुवा चालेको पैसाले घरमा नुन, खुर्सानी, तेल, मसला, चामल, छोराछोरीलाई लत्ताकपडा, छोराछोरीलाई कापी कलम किनेदिने योम्जनले बताए । आफनो कुनै सिप नभएको र विदेश जाने खर्च पनि आफुले जुटाउन नसकेको बताए ।