५ सय ६३ घरधुरीमा तथ्याङ्क सकंलन

गुगलपाटी संवाददाता
५ फाल्गुन २०७६ १३:५४

कुमारी स्याङ्बो
हेटौंडा ः गरिबी निवारणको लागि परिचयपत्र बाँड्दै गरेको भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा सञ्चालित गरिब निवारण पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम राक्सिराङ गाँउपालिकाको ९ वटा वडाहरुमा सूरु भएको हो ।
सरकारले खटाएको गणकहरु माघ २६ गतेबाट कार्यक्षेत्रमा खटाएको छ । मन्त्रालयले गाँउपालिकामा खटाएको ६ जना कर्मचारीले ४ गतेसम्म ५ सय ६३ घरधुरीको तथ्याङ्क सकंलन गरेको सुपरिक्षक देवकुमार प्रजाले बताए । तथ्याङ्क सकंलन गर्ने क्रममा विभिन्न समस्या आइपरेको प्रजाको भनाई छ । भौगोलिक अवस्था अनुसार कुनै घरमा कुनै समयमा घरमा मान्छेहरु नभेट्ने जस्ता समस्याहरु गणकहरुले समस्या पोखेका छन् । त्यस्तै तथ्याङक सकंलनकै क्रममा अन्तर्वातापछि कुनै घरमा फोटो खिच्न नमान्ने समस्याहरु आइपरेका छन् । यस कार्यक्रमको मुख्य उद्देश्य गरिब तथा विपन्न वर्गलाई परिचयपत्र वितरण गरेर ती परिवारहरुलाई सरकारले सहयोग गर्ने गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङले बताईन् । यस कार्यक्रम पश्चात गरिब तथा विपन्न परिवारहरुलाई सरकारी सेवा सुविधा दिन सहज हुने गाँउपालिकाको अध्यक्ष राजकुमार मल्लले बताए ।
गाँउपालिकाको सबै जातीको तथ्याङ्क सकंलन गरि स्वास्थ्य सुविधा, खाद्यान्न तथा नगद सहित विभिन्न खालको सेवा सुविधा प्रदान गर्ने मल्लले जानकारी दिए । एकजना गणकले एकदिनमा १५÷२५ घरधुरीको तथ्याङ्क सकंलन गरिरहेका सुपरिक्षक प्रजाको भनाई छ ।