हेटौंडामा पहिलो पटक प्रोफेशनल एकाउन्टिङ तालिम

गुगलपाटी संवाददाता हेटौंडा,३१ वैशाख
३१ बैशाख २०७५ १४:४९

हेटौंडामा पहिलो पटक प्रोफेशनल एकाउन्टिङ तालिम सुरु भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजी (सिआईटी) र नेम इन्स्टिच्युटको आयोजनमा सोमबारदेखि तीन महिने तालिम सुरु भएको हो ।
दक्ष र कुशल एकाउन्टेन्ट उत्पादन गर्ने उदेश्यले सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थी सहभागि रहेको सिआईटीका प्रबन्ध निर्देशक दिनेश रिजालले बताए । तालिममा अडिटर, आन्तरिक राजश्व कार्यालय हेटौंडाका कर्मचारी, २० वर्षदेखि उद्योगमा काम गरिरहेका एकाउन्टेन्ट र सिआईटीका प्रबन्ध निर्देशक तथा मुख्य प्रशिक्षक रिजाल र दुई दशकदेखि प्रशिक्षण दिँदै आएका नेम इन्स्टिच्युटका प्रबन्ध निर्देशक किशोर अर्यालले सहजिकरण गर्ने बताइएको छ ।