हेटौंडा अस्पतालमा ७७ हजार ९ सय ७९ ले सेवा लिए
निशा गुरुङहेटौंडा÷ बाग्मति प्रदेशको राजधानी हेटौंडा अस्पतालबाट चालु आर्थिक वर्षको साउन देखि माघ महिना सम्म ७७ हजार ९ सय ७९ जनाले सेवा लिएका छन् । जसमा महिला ४७ हजार ७६ जना र पुरुष ३० हजार ९ सय ३ जनाले सेवा लिएको अस्पतालका सुचना अधिकारी राझिव झाले बताए । शल्यक्रियामा २ हजार ९ सय ४८ जनाले सेवा लिएका छन् । सामाजिक सेवा एकाईमा ८ जनाले सेवा लिएको हो । दन्त रोग सम्बन्धि सेवा लिनेमा २ हजार १६ रहेका छन् । छाला रोग सम्बन्धि ३ हजार ८ सय ३३ जनाले सेवा लिएका छन् । हार्डजोर्नि सम्बन्धि ६ हजार ६ सय ७५ जनाले सेवा लिएका छन् । नाक कान घा“टि सम्बन्धि भर्खरै सेवा सुरु भएको हु“दा ४ जनाले सेवा लिएका छन् । स्त्रि रोग सम्बन्धि ७ हजार ७ सय ६० जनाले सेवा लिएको छ । मेडिसिन वार्डमा सेवा लिने २० हजार १ सय ३० रहेका छन् । बालरोग सम्बन्धि ९ हजार ७ सय ६६ रहेका छन् । आकस्मिक सेवा लिने २४ हजार ८ सय ३९ जनाले सेवा लिएको झाले जानकारी गराए । त्यस्तै ४५ हजार १ सय ६१ महिला र ३० हजार ३ सय ३२ पुरुषले अस्पतालको न“या सेवाग्राहिको रुपमा सेवा लिएका छन् । त्यस्तै पुराना सेवाग्राहीहरु ७ हजार ८ सय ९१ जना महिला र ६ हजार २९ जना पुरुषले हेटौंडा अस्पतालको ओपिडि सेवा सेवा लिएको अस्पतालका सुचना अधिकारी राझिव झाले जानकारी गराए । ७ महिनाको अवधिमा अस्पतालमा सबै भन्दा बढि २० वर्ष देखि ५९ वर्ष उमेर समुहका मानिसहरुले सेवा लिएको अस्पातालले जनाए ।
अस्पताल कोरोना भाईरस सम्बन्धि निकै सचेत रहेको र त्यसको निमित्त अस्पातालले २ वटा आईसोलेसन वार्ड निर्माण पनि गरिएको छ । अस्पतालमा सेवा लिन आउनेहरुलाई कोरोना भाईरस सम्बन्धि जानकारी गराई माक्सको व्यवस्था पनि गराईएको छ । हेटौंडा अस्पतालमा तुलनात्मक रुपमा सफा भएको पनि छ । अस्पतालको आकस्मिक वार्डमा हाल ८ वडा बेड रहेको छ । कहिले का“हि आकस्मिक वार्डमा धेरै विमारी आउने हु“दा एउटै वेडमा पनि ३ जना सम्म विमारी राखेर उपचार गरिरहेको छ । पछिल्लो समय दैनिक ४ सय देखि ५ सय सम्म बिमारी आउने कहिले त ७ सय सम्म विमारी आउने गरेको अस्पतालले जानकारी गराए । अस्पतालमा पछिल्ला समयमा विशेषज्ञ डाक्टरहरु आएका कारण पनि सेवा राम्रो हुने भएकोले सेवा लिनेहरुको संख्या बढेको झाले जानकारी गराए ।
अस्पतालमा धेरै टा“ढा देखिका विमारीहरु आउने गरेको छन् । त्यस्तै अस्पतालमा भर्ना भएर बसेका विमारीहरुलाई निःशुल्क खान खुवाने हु“दा विमारीहरु पनि निकै खुशि रहेका छन् । रााक्सिराङ गा“उपालिकाका ४५ वर्षिया हरि तामाङ्ले खाना स्वास्थ र मिठो रहेको बताए । खाना स्वस्थकर छ विहान बेलुका २ समय खाना दिन्छ उनले भने । यस वर्ष गत आर्थिक वर्ष भन्दा बढि विरामी आएको हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिएका छन् । अस्पतालको अनुसार यो वर्ष डेंगुको विरामी बढि आएको कारण विरामीको संख्या बढेको हो । १ सय १० शैया रहेको हेटौडा अस्पतालमा हाल पछिल्लो समयमा प्रविधिमा समेत अपडेट भएको छ । हाल ईसिजी, रेडियोलोजिष्ट, प्याथालोजि थपिएको छ । डायलाशिस हुने क्रममा रहेको छ । अहिले हेटौंडा अस्पतालमा २४ घण्टै फार्मेसी सेवा खुल्ला रहने गरेको अस्पतालले जनाएको छ ।