अब्बलडाँडा टोलकमिटि गठन
गुगलपाटी संवाददाताहेटौंडाः नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हेटौडा ५ को अब्बलडाँडा टोलकमिटिले आज पूर्णता पाएको छ । नेकपा जिल्ला समिति सचिवालय सदस्य पद्मा पौेलको प्रमुख आतिथ्यतामा सम्पन्न टोल भेला टोल कमिटि ईन्चार्ज अभिमन्यू गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । ५ नं वडा कमिटिले वडाभित्र रहेका १९ वटै टोल कमिटिमा ईन्चार्ज र सहईन्चार्जको जिम्वेवारी तोकिएपछि भेला मार्फत कमिटिलाई पूर्णता दिने कार्यलाई तीब्रता दिईएको हो ।
पार्टी कमिटिलाई स्थानीय निकायसम्म संगठित बनाउन पार्टीले अभियान थालेको ईन्चार्ज अभिमन्यू गौतमले बताउनुभएको हो । कार्यक्रममा जिल्ला कमिटि सदस्यहरु कृष्ण सुवेदी, परशुराम गौतम को उपस्थिति रहेको थियो । त्यसैगरी नजर कमिटिबाट सन्तोष पौडेल,केशव प्रसाद घिमिरे विशाल महत एवम् ५ नं वडा कमिटिबाट अध्यक्ष देवी प्रसाद गौतम, सचिव पदम बहादुर बजगाई,सदस्यहरु रुपक महत, लक्ष्मी बहादुर श्रेष्ठ, टीका बहादुर खड्का, केदार प्रसाद बिडारी, रञ्जिता सिलवाल लगायतको उपस्थिति रहेको थियो । टोलकमिटि सह ईन्चार्ज सावित्रा ढकाल लगायत करिव एकसय जनाको उपस्थिति रहेको भेलाले १९ सदस्यीय टोलकमिटि गठन गरेको छ । यसअघि शृजना टोलकमिटि र सितानगर टोलकमिटि गठन सम्पन्न भईसकेको छ ।