शिक्षक संगठन मकवानपुरको बैठक

गुगलपाटी संवाददाता
१० फाल्गुन २०७६ ०५:४३

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको १४ औ विस्तारित बैठक आज भूटनदेवी माविको सभाहलमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकमा संगठन सवलीकरणको ५ महिने अभियानमा संगठनले गरेका कार्य समीक्षा एवम् जिल्लाभरकै पालिकाहरुमा भएका कार्यहरुको रिपोर्टिङ गरिएको प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो । विस्तारित बैठकले आउदो चैत्र २९ गते १७ औ जिल्ला परिषद् को घोषणा समेत गरेको छ । यसैगरि जिलाभर शैक्षिक एकरुपता ल्याउनका निम्ति संगठनले २०७७ सालको वार्षिक एवम् शैक्षिक क्यालेण्डर चैत्र मसान्त सम्म प्रकाशन गर्ने निर्णय समेत गरेको छ । बैठकले १० वटै स्थानीय पालिका मध्ये बाँकी रहेका स्थानीय निकायमा शिक्षक महासंघ पूर्णता दिन पहल गर्ने निर्णय गरिएको छ भने पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरि संगठनमा आवद्ध महिला शिक्षकहरुको आन्तरिक भ्रमण गराउने निर्णय समेत गरिएको छ । कार्यक्रममा उपाध्यक्ष द्वय लक्ष्मी गजुरेल, किशोर वर्तौला, सचिव पुरुषोत्तम आचार्य, कोषाध्यक्ष जय प्रसाद पोखरेल,संस्थागत विभाग प्रमुख सचिन लामा जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारीहरु, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, नगर अध्यक्ष मुकुन्द न्यौपाने, नगर महासंघ अध्यक्ष दीपक अधिकारी, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, सल्लाहकार पिताम्वर वास्तोला लगायतको उपस्थिति रहेको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।