काँग्रेसको राक्सिराङमा संगठन बिस्तार जारी

गुगलपाटी संवाददाता
१२ फाल्गुन २०७६ १०:४६

हेटौंडाः राक्सिराङमा गाँउपालिकाको ९ वटा वडाहरुमा नेपाली काँग्रेसको पार्टीको सगंठन विस्तार भेला जारी छ । माघ २५ गतेबाट सुरु भएको अभियान संगठन बिस्तार तथा वडा भेलाहरु फाल्गुन १४ गतेसम्म सञ्चालन हुनेछ । अभियान अन्तर्गत वडा नम्बर ६ को वडा भेलाले ११ सदस्यीय कार्य समिति चयन गरेको छ । त्यस्तै वडा नम्बर १ मा सिगांराम ब्लोनको सभाध्यक्षमा १५ जना कार्य समिती चयन भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेशका सांसद सन्त प्रजाले नेकपाको सरकारका रहेकाहरु भ्रष्टचार गरेर सम्पति जम्मा गर्ने दौडमा मात्र रहेको बताए ।
त्यसै गरि भेलाको क्रममा नेपाली कांग्रेस वडा नम्बर ६ को वडा भेला सिलाधुलीमा भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस राक्सिराङ सभापति बिरेन्द्र जिम्बाले पार्टीका नेता पैसा र मान खोज्नुभन्दा जनताको दुःख सुःखमा साथ दिएर जनताको सेवक बन्नुपर्ने बताए । अहिलेको नेकपा सरकार जनताको सेवाभन्दा भ्रष्टचार गरेर पैसा कमाउने बाटोमा हिडिरहेको उनको आरोप छ ।
वडाहरुको भेलामा राक्सिराङ गाँउपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका नेता राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डुङ लगायतको उपस्थिती रहेको थियो ।