वर्षे अधिवेशनको पहिलो बैठकमा के के भयो निर्णय ?

गुगलपाटी संवाददाता हेटौैडा,१ जेठ
१ जेष्ठ २०७५ ०९:१४

तीन नम्बर प्रदेशसभाको पहिलो वर्षे अधिवेशन सुरु भएको छ । मंगलबारदेखि सुरु भएको वर्षे अधिवेशनको पहिलो दिन पूर्व बजेट टेवल भएको छ ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमी प्रस्ताव टेवल गरेका हुन् ।
प्रदेशसभा सदस्य हरिशरण लामिछानेको सोमबार असमायिक निधन भएपछि मंगलबारको बैठकमा पूर्व बजेट सम्बन्धि प्रस्ताव टेवल मात्र भएको हो । बैठकले स्वर्गीय लामिछानेप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ ।
बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट आएको अधिवेशन आब्हान र विधेयक प्रमाणिकरण सम्बन्धि पत्र सभामुख सानु कुमार श्रेष्ठले पढेर सुनाएका थिए । बैठक बुधबार बिहान ११ बजे बस्नेगरी सभामुख श्रेष्ठले स्थगित गरेका छन् ।
बुधबारको बैठकमा पनि प्रदेशभा सदस्य लामिछानेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने मात्र कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बिहीबारदेखि प्रदेशसभा बैठकमा पूर्व बजेटबारे छलफल सुरु हुने बताइएको छ । बजेटमा बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताको प्रस्तावमा पर्यटन, कृषि र जलविद्युत् छलफलको प्रमुख प्राथमिकतामा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बसन्त अधिकारीले बताए ।