हेटौंडा सन्देशद्धारा सहयोग
गुगलपाटी संवाददाताहेटौंडा ÷ हेटौंडा सन्देश दैनिकले मंगलवार हेटौंडा १३ स्थित वनस्पतिमा घर भत्काउदा ड्रेस पुरिएर विद्यालय बन्चित भएकी रितिका दाहाललाई सहयोग गरेको छ । सन्देशले विद्यालयका पोसाक सिलाएको ,कापि र डट्पेन एक÷एक दर्जन सहयोग गरेको हो । सरकारी आदेश भन्दै मंगलवार हेटौंडा १३ स्थित वनस्पतिमा निर्माण गरिएका १५ घरमा डोजर लगाएर भत्काईएको थियो । उनी हेटौंडा चौधघरेमा रहेको त्रिवेणी आधारभुत विद्यालयको कक्षा ६ मा अध्ययन गर्छिन् । स्कुल ड्रेस र किताब नभेटिएपछि उनी त्यस दिन देखि स्कुल गएकी छैनन । विद्यँलय पोशाक र कितावको अभावल फागुन २८ गते देखि यस वर्षको अन्तिम परीक्षा सु? हुने भएता पनि उनी स्कुल जान सकेकी थिएनन् । हेटौंडा सन्देशका सम्पादक माधव न्यौपानेले विद्यार्थीको भबिष्य विग्रन दिनु हुदैन भनेर सहयोग गरेको हो । स्कुलको ड्रेस तयार हुने बिक्तिकै स्कुल जान्छु रितीकाले भनिन । सार्वजनिक जग्गा मिचेर घर वनाएको भनेर हेटौडा उपमहानगरपालिकाले उनको घर डोजर लगाएर भत्काएका थिए । घर भत्काउने क्रममा रितीकाको विद्यालय पोशाक र किताव हराएको हो ।