अवैध सालक ओसारप्रसार गर्ने दुईजना पक्राउ
गुगलपाटी संवाददातामकवानपुरः जिउँदो सालक अवैध ओसारपसार गर्ने मकवानपुरका अनिश तामाङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । संरक्षित वन्यजन्तु सालकको अवैध ओसारपसार तथा बिक्रिवितरण्मा संलग्न रहेका २ जनालाई महानगरीय अपराध महाशाखा टेकुले नियन्त्रणमा लिएको हो ।
विषेश सूचनाका आधारमा काठमाडौं ११ सिभिल मल अगाडीबाट जिउँदो सालकसहित मकवानपुर कैलाश गाउँपालिका ५ पालङ्ग घर भई हाल ललितपुर पाटन ढोका बस्ने १९ वर्षका अनिश तामाङ र सिन्धुपाल्चोक मेलम्ची ६ तारमाराङ घर भइ हाल ललितपुर चापागाउँ बस्ने ३३ वर्षका टिके तामाङलाई नियन्त्रणमा लिएको महाशाखाका प्रहरी उपरिक्षक एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो । उनिहरुलाई आवश्यक कार्वाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको सिंहले बताउनुभयो ।